NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख २३ गते

एमाले भित्रका पूर्व माओवादीबाट टोपबहादुर र प्रभु जित्ने सुचीमा, अरू प्रतिस्पर्धामा

काठमाडौँ । संघ र प्रदेशसभाको मंसीर ४ गते सम्पन्न हुने निर्वाचनका लागि आज देशभर मनोनयन दर्ता भइरहेको छ ।

पुराना संसदीय दलहरु गठबन्धन बनाएर चुनावमा होमिएका छन् । प्रतिस्पर्धामा केहि नयाँ राजनीतिक दलहररू पनि उत्रिएका छन् ।

चुनावमा टिकट पाउनकै लागि यो बिचमा दलबदल गर्ने देखि दल त्यागसम्मका काम भयो ।

एमाले नेता घनश्याम भुषालले एमाले पार्टी नै परित्याग गरि स्वतन्त्र उम्मेदवारी दर्ता गराएका छन् ।

उम्मेदवारी दर्ता देखि नै कुन–कुन उम्मेदवारले जित्छ र हार्छ भन्ने पूर्वअनुमान शुरु भइसकेका छन् ।

एक जना एमाले नेताले पूर्व माओवादीबाट एमालेमा विलय भएका चार संघिय सांसदमध्ये दुई जनाको मात्र जित निश्चित भएको विश्लेषण सुनाए ।

पूर्व माओवादी समूहबाट अर्घखाँचीबाट टोपबहादुर रायमाझी र रौतहटबाट प्रभु साहले चुनाव जित्ने पक्का जस्तै रहेको एमाले नेताको बुझाई छ ।

अर्का दुई सांसदमध्ये लेखराज भट्ट पनि चुनाव जित्ने सम्भावना भएको नेताको सुचीमा परेका छन् । अर्का पूर्व सांसद गौरीशंकर चौधरीले भने चुनाव जित्न मुस्कील पर्ने एमालेकै नेताहरु बताउँछन् ।

नेकपा विभाजन हुँदा माओवादी केन्द्रका संघका चार सांसद एमाले प्रवेश गरेका थिए । उनीहरुले फेरि संघीय संसदका लागि एमालेबाट टिकेट पाएर चुनावी प्रतिस्पर्धामा छन् ।