NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख २० गते

कांग्रेसका युवा नेता पौडेल काठमाडौं ५ बाट उम्मेदवार, एमालेका प्रभावशाली नेतासँग प्रतिस्पर्धा

काठमाडौं । कांग्रेसका युवा नेता प्रदीप पौडेलले काठमाडौं ५ बाट उम्मेदवारी दर्ता गराएका छन् ।

पहिलोपटक प्रतिनिधिसभामा उम्मेदवार बन्दा पौडेल काठमाडौं ५ बाट सत्ता गठबन्धनको साझा उम्मेदवार बन्न सफल भएका हुन् । आइतबार निर्वाचन अधिकृतको कार्यालय पुगेर पौडेलले उम्मेदवारी दर्ता गराएका हुन् ।

तनहुँ २ बाट उठ्ने तयारी गरे पनि पौडेललाई कांग्रेसले काठमाडौं ५ बाट उम्मेदवार बनाएको हो ।

अघिल्लोपटक यो क्षेत्रबाट एमाले नेता ईश्वर पोखरेल विजयी भएका थिए । पोखरेलले कांग्रेसका डा. प्रकाशशरण महतलाई पराजित गरेका थिए । तर २०७० सालमा भने यो क्षेत्रबाट कांग्रेसका नरहरि आचार्य विजयी बनेका थिए । यसपटक एमालेले उनै पोखरेललाई यो क्षेत्रबाट उम्मेदवार बनाएको छ । महत भने यसपटक समानुपातिकतर्फ बसेका छन् ।

पाैडेल अघिल्लाेपटक तनहुँबाट प्रदेशसभामा उठ्दा थाेरै मतले पराजित हुन पुगेका थिए ।

अघिल्लोपटक पोखरेल २३ हजार २९ मत ल्याएर चुनाव जित्दा निकटतम प्रतिद्वन्द्वी कांग्रेसका उम्मेदवार डा. प्रकाशशरण महतले १३ हजार १६९ मत मात्रै पाए । पोखरेल ९ हजार ८६० मतान्तरले जित्न पुगेका थिए ।

यसपटक स्थानीय तहको निर्वाचनमा सत्ता गठबन्धनभन्दा एमाले वडाध्यक्षले यो क्षेत्रभर पाएको मत बढी छ । यसैले लोकप्रिय कांग्रेस युवा नेता र एमालेका वरिष्ठ नेताबीच कडा टक्कर हुने अनुमान गरिएको छ ।