अबको एजेण्डा संविधान कार्यान्वयन गरेर व्यवस्था बलियो बनाउने हो : ऊर्जामन्त्री भुसाल
काठमाडाैं । नेकपा (माओवादी केन्द्र) का उपमहासचिव एवं ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री पम्फा भुसालले प्रतिनिधिसभा सदस्य पदका लागि ललितपुरको क्षेत्र नं ३ बाट उम्मेदवारी दर्ता गरेकी छिन् ।
ललितपुरको मुख्य निर्वाचन अधिकृतको कार्यालय जाउलाखेल पुगेर उनले आज मनोनयन दर्ता गरेकी हुन् । उनीसहित पाँच दलीय गठबन्धका नेताहरू नेवारी झाँकीसहित मुख्य निर्वाचन अधिकृतको कार्यालय पुगेका थिए ।
उम्मेदवारी मनोनयन दर्तापछि सञ्चारकर्मीसँग कुरा गर्दै मन्त्री भुसालले अबको निर्वाचनले संविधान कार्यान्वयन, संस्थागत गर्ने र लोकतन्त्रलाई बलियो बनाउने बताए । उनले अब आफ्नो मुद्दा संविधान कार्यान्वयन गरेर व्यवस्था बलियो बनाउने साथै आर्थिक, सामाजिक विकास र रोजगारी सिर्जना गर्नु रहेको बताइन् ।
मन्त्री भुसालले भनिन्, ‘संविधानको कार्यान्वयन र संस्थागत गर्ने प्रक्रिया हो । लोकतन्त्रलाई बलियो बनाउने प्रक्रिया हो । यो क्षेत्र मैले दुई पटक जितेको क्षेत्र हो । त्यसैले यही क्षेत्रमा जनताको, व्यवस्थाको सेवा गर्ने नयाँ प्रण गरेर उम्मेदवारी दर्ता गरेको छु ।’
उनीसँगै ललितपुर निर्वाचन क्षेत्र नं ३ को (क) बाट माओवादीका केन्द्रीय सदस्य राजकाजी महर्जनले प्रदेशसभा सदस्यका लागि उम्मेदवारी दर्ता गरेका छन् भने (ख) बाट नेपाली कांग्रेसका नेता जितेन्द्रकुमार श्रेष्ठले उम्मेदवारी दर्ता गरेका छन् ।
ताजा अपडेट
-
भन्सार छलीको आशङ्कामा सशस्त्र प्रहरीद्वारा ७७४ वटा गाडी नियन्त्रणमा
-
अमेरिकी संसदद्वारा ट्रम्पलाई इरानमा सैन्य कारवाही विस्तार गर्नबाट रोक्ने प्रस्ताव पारित
-
हुलाकमार्फत घरघरमै राहदानी
-
यस्तो छ आजका लागि कृषि उपजको थोक मूल्य
-
ट्राफिक कारबाहीमा एकै दिन २२ लाख ७६ हजार राजस्व संकलन


प्रतिक्रिया