NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८२ वैशाख ६ गते

अबको एजेण्डा संविधान कार्यान्वयन गरेर व्यवस्था बलियो बनाउने हो : ऊर्जामन्त्री भुसाल

काठमाडाैं । नेकपा (माओवादी केन्द्र) का उपमहासचिव एवं ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री पम्फा भुसालले प्रतिनिधिसभा सदस्य पदका लागि ललितपुरको क्षेत्र नं ३ बाट उम्मेदवारी दर्ता गरेकी छिन् ।

ललितपुरको मुख्य निर्वाचन अधिकृतको कार्यालय जाउलाखेल पुगेर उनले आज मनोनयन दर्ता गरेकी हुन् । उनीसहित पाँच दलीय गठबन्धका नेताहरू नेवारी झाँकीसहित मुख्य निर्वाचन अधिकृतको कार्यालय पुगेका थिए ।

उम्मेदवारी मनोनयन दर्तापछि सञ्चारकर्मीसँग कुरा गर्दै मन्त्री भुसालले अबको निर्वाचनले संविधान कार्यान्वयन, संस्थागत गर्ने र लोकतन्त्रलाई बलियो बनाउने बताए । उनले अब आफ्नो मुद्दा संविधान कार्यान्वयन गरेर व्यवस्था बलियो बनाउने साथै आर्थिक, सामाजिक विकास र रोजगारी सिर्जना गर्नु रहेको बताइन् ।

मन्त्री भुसालले भनिन्, ‘संविधानको कार्यान्वयन र संस्थागत गर्ने प्रक्रिया हो । लोकतन्त्रलाई बलियो बनाउने प्रक्रिया हो । यो क्षेत्र मैले दुई पटक जितेको क्षेत्र हो । त्यसैले यही क्षेत्रमा जनताको, व्यवस्थाको सेवा गर्ने नयाँ प्रण गरेर उम्मेदवारी दर्ता गरेको छु ।’

उनीसँगै ललितपुर निर्वाचन क्षेत्र नं ३ को (क) बाट माओवादीका केन्द्रीय सदस्य राजकाजी महर्जनले प्रदेशसभा सदस्यका लागि उम्मेदवारी दर्ता गरेका छन् भने (ख) बाट नेपाली कांग्रेसका नेता जितेन्द्रकुमार श्रेष्ठले उम्मेदवारी दर्ता गरेका छन् ।

ताजा अपडेट

नेपालवाच विशेष