NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख २१ गते

उत्तर प्रदेशका पूर्वमुख्यमन्त्री मुलायम सिंह यादवको निधन

काठमाडौं (एजेन्सी) । भारतीय समाजवादी पार्टीका संस्थापक तथा उत्तर प्रदेशका पूर्वमुख्यमन्त्री मुलायम सिंह यादवको निधन भएको छ । अक्टोबर २ मा गुरुग्रामको मेदान्त अस्पतालमा भर्ना भएका उनको त्यही उपचारका क्रममा सोमबार ८ः१६ बजे मृत्यु भएको हो ।

उनी ८२ वर्षका थिए ।

आइतबार मेदान्त अस्पतालले मुलायम सिंह यादवको स्वास्थ्य अवस्था नाजुक रहेको र जीवन बचाउने औषधि खुवाइएको जानकारी दिएको थियो । पछिल्ला केही दिनयता कैयौं वरिष्ठ राजनीतिज्ञ उनको अवस्था जान्न अस्पताल पुगेका थिए ।

२८ वर्षकै उमेरमा विधायक बन्न सफल सिंहले उत्तर प्रदेशका अतिरिक्त केन्द्र राजनीतिमा समेत आफ्नो सशक्त उपस्थिति देखाउँदै आएका थिए । सरकार निर्माण गर्ने तथा गिराउनेसम्मको हैसियत उनी राख्थे ।

पहलवान र शिक्षक पृष्ठभूमिका मुलायम तीन पटक यूपीको मुख्यमन्त्री र केन्द्रमा रक्षा मन्त्री बने । उनी साहसिक राजनीतिक निर्णय लिने नेताका रूपमा समेत चिनिन्छन् ।

मुलायमको निधनप्रति भारतका विभिन्न नेताहरू दुःख व्यक्त गरेका छन् । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले सिंहप्रति श्रद्धाञ्जली व्यक्त गर्दै प्रजातन्त्रको सेनानीको उपमा दिएका छन् ।

ताजा अपडेट

नेपालवाच विशेष