NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख १६ गते

निर्वाचन निष्पक्ष र भयरहित हुन्छ : मन्त्री कार्की

इनरुवा । सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले मङ्सिर ४ गतेको प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचन स्वतन्त्र, निष्पक्ष, धाँधलीरहित र भयरहित वतावरणमा सम्पन्न हुने बताएका छन् ।

उनले आइतबार नेपाली कांग्रेससहित सत्ता गठबन्धनबाट सुनसरी क्षेत्र नं ४ मा प्रतिनिधिसभा सदस्यको मनोनयन दर्ता गराएका हुन् । उनले सञ्चारकर्मीसँग आगामी निर्वाचनपछि मुलुकमा विकास, समृद्धि, सुशासन, शान्ति स्थायित्य र आर्थिक स्थिरता कामय हुने बताए।

अबको सरकारले देशबाट बेरोजगारी र गरिबी अन्त्यका लागि काम गर्ने बताउँदै मन्त्री कार्कीले सविधानको रक्षा गरी आन्तरिक एकतालाई मजबुत पार्ने काममा सरकार लागिपरेको बताए । आफू निर्वाचित भएको यस क्षेत्रलाई उत्कृष्ट क्षेत्र बनाउने काममा लागेको र अब फेरि पनि त्यसलाई पूर्ण सार्थक पार्नका लागि काम गर्ने योजना रहेको मन्त्री कार्कीले उल्लेख गरे ।

आफू भाषणमा मात्रै नभई दस्तावेजसहित यथार्थमा काम गर्ने र राष्ट्रिय हित र जनताको मन जित्ने काम गर्ने उनको भनाई छ । शिक्षा, स्वास्थ्य, खानेपानी, सञ्चार, यातायातसहितका क्षेत्रका कामहरुलाई पूर्णता दिनका लागि काम गर्ने बताउँदै उनले प्रतिनिधिसभामा आफ्नो पाँचवर्षे कार्यकाल अन्तर्गत विश्व नै कोरोना महामारीका कारण डेढ वर्ष पूर्ण प्रभावित भएको र बाँकी समय आफूले राम्रो काम गरेको दाबी गरेका छन् ।उनले कांग्रेस सरकारले नागरिकका आकांक्षा र आवश्यकतालाई सम्बोधन गर्ने जानकारी दिए ।

आफूहरूले गरेको कामको अध्ययन गरी सही मूल्याङ्कन गरिदिन नेपाली जनतालाई आग्रह गर्दै अगामी दिनमा कसरी काम गर्ने भन्नेबारेमा स्पष्ट धारणाका साथ जनताका घरदैलैमा भेटभाट गर्न आफू जाने पनि उनले बताए ।

आगामी निर्वाचनमा आफू विजयी भएसँगै यस क्षेत्रमा भौतिक पूर्वाधार निर्माण, गरिबी निवारण र रोजगारीको सिर्जना गर्ने काम आफ्नो लक्ष्य रहेको मन्त्री कार्कीले बताए । अघिल्लो निर्वाचनमा पनि विजयी बनेका मन्त्री कार्कीले दोस्रोपटक सोही क्षेत्रबाट उम्मेदवारी मनोनयन दर्ता गराएका छन् ।