स्याङ्जामा सर्पले डसेर एकको मृत्यु

वालिङ । गएराति सर्पले डस्दा स्याङ्जाको वालिङमा एक पुरुषको मृत्यु भएको छ । स्याङ्जाको वालिङ–८ बोगटीडाँडाका ५५ वर्षीय निलबहादुर खाँणको उपचारका क्रममा गह्रौँ प्राथमिक अस्पताल वालिङमा निधन भएको अस्पतालका सूचना अधिकारी उदयबहादुर पौडेलले जानकारी दिए ।
गएराति ११ः३० बजे सर्पले डसेपछि उपचारका लागि अस्पताल ल्याइएकामा त्यँहा उपचार सम्भव नदेखिएपछि रिफर गरिएको उनले बताए । ‘सर्पले डसेपछि अस्पतालसम्म ल्याई पु¥याउँदा विष लागिसकेको अवस्था थियो, रगतै वान्ता गर्नेलगायत लक्षण देखिइसकेको थियो’, सूचना अधिकारी पौडेलले भने, ‘यहाँ उपचार सम्भव नभएपछि तत्कालै रिफर ग-र्यौं तर बिहान ४ बजेतिर यहीँ अस्पतालमै बिरामीको मृत्यु भयो ।’ खाँणको बायाँ हातका दुई ठाउँमा करेत सर्पले डसेको थियो ।
स्थानीयवासीले बिरामीसँगै सर्प पनि मारेर अस्पताल ल्याएका थिए ।
ताजा अपडेट
-
सिक्टा सिँचाइ : पश्चिमी मूल नहरको छैटौँ शाखा नहर निर्माण सम्पन्न
-
आर्थिक कुटनीति र लगानी प्रर्वद्धनका लागि चेम्बर र आईआरजीडीडीबीच सम्झौता
-
सामसङको ग्यालेक्सी बड्स सार्वजनिक, के छन् विशेषता ?
-
कैलालीमा ‘मेस वायर’ तारजाली निर्माण
-
लमजुङका आयोजनाबाट पूर्ण क्षमतामा विद्युत् उत्पादन
प्रतिक्रिया