प्रदीप पौडेलसँगको जम्काभेटमा के भने बालेनले ?
काठमाडौं । कांग्रेसको तर्फबाट टिकट पाएपछि युवा नेता प्रदीप पौडेल काठमाडौं ५ मा चुनावी प्रचारमा निस्किएका छन् । चुनावी प्रचारमा निस्किएका पौडेलको सोमबार काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहसँग जम्काभेट भएको छ ।
पौडेलको घरदैलो अभियान अन्तर्गत हाँडीगाउँको जात्राको क्रममा बालेनसँग जम्काभेट भएको हो । भेटका क्रममा बालेनले हात मिलाउँदै पौडेललाई जितको शुभकामना दिएको उनको सचिवालयले जनाएको छ ।
काठमाडौं ५ मा यसपटक पौडेलका प्रतिस्पर्धीमा एमालेका ईश्वर पोखरेल र स्वतन्त्रकी रञ्जु दर्शना छिन् ।
२०७४ सालमा तनहुँको प्रदेशसभामा झिनो मतान्तरले पराजित भएका पौडेलले यसपटक प्रतिनिधिसभामा टिकट पाएका हुन् ।
अघिल्लोपटक यो क्षेत्रमा एमालेका ईश्वर पोखरेलले कांग्रेसका डा. प्रकाशशरण महतलाई पराजित गरेका थिए । महत यसपटक समानुपातिकतर्फ बसेका छन् ।
ताजा अपडेट
-
कांग्रेस केन्द्रीय अनुशासन समितिको बैठक बस्दै
-
लुम्बिनी प्रदेशमा मन्त्रिपरिषद् पुनर्गठन: पाँच नयाँ मन्त्री थपिए, जेठ २५ गते शपथ
-
एसियाली छनोटः समूह विजेता बन्ने लक्ष्यसहित आज मलेसियाविरुद्ध भिड्दै नेपाल
-
केही हिमाली तथा पहाडी भूभागमा वर्षाको सम्भावना, तराईमा गर्मी बढ्ने
-
पर्यटकीयस्थल नगरकोट : सीमाङ्कनको प्रक्रिया बीचमै छाडियो


प्रतिक्रिया