NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख २३ गते

डेंगु संक्रमितको संख्या ३३ हजार नाघ्यो, ४४ काे मृत्यु

काठमाडौं । ७६ जिल्लामा फैलिएको डेंगु संक्रमणबाट साउनयता ३३ हजार ९७५ जना संक्रमित भएका छन् भने ४४ जनाको मृत्यु भइसकेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

आइतबार डेंगुबाट मृत्यु हुनेको संख्या ४२ थियो । डेंगु संक्रमणको जोखिममा सबैभन्दा बढी काठमाडौं उपत्यकाका जिल्ला रहेका छन् ।

मन्त्रालयले डेंगुबाट बच्न सावधानी अपनाउन आग्रहसमेत गर्दै आएको छ ।