कहिलेसम्म रहला डेंगीको संक्रमण ?
काठमाडौं । स्वास्थ्य विज्ञहरूले मुलुकमा डेंगी संक्रमण अझै एक महिनासम्म देखिन सक्ने बताएका छन् ।
विभिन्न स्थानमा भएको वर्षाले गर्दा संक्रमणको अवस्था लम्बिन सक्ने उनीहरूको अनुमान छ ।
छिमेकी भारतको बिहारमा डेंगीको केस बढेकाले सीमावर्ती मधेसका जिल्लामा संक्रमण वृद्धि हुन सक्ने विज्ञ बताउँछन् ।
इमिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा (इडिसिडी) कीटजन्य रोग नियन्त्रण शाखा प्रमुख डा. गोकर्ण दाहालले पछिल्लो पटक भएको वर्षाले केस बढ्न सक्ने बताए ।
‘पहाडी जिल्लामा संक्रमण घटेको देखिए पनि मधेसमा ठ्याक्कै दसैं सकिएलगगत्तै बढेको छ,’ उनले भने, ‘यो अवस्था ठ्याक्कै एक महिनासम्म लम्बिन सक्छ ।’
स्वास्थ्य मन्त्रालयका एक अधिकारीले पनि मुलुकमा अझै पाँच साता डेंगुको संक्रमण रहन सक्ने बताए । कान्तिपुर दैनिकमा खबर छ ।
ताजा अपडेट
-
ग्राहकका लागि निःशुल्क ‘एयरब्याग सेफ्टी रिकल’ सेवा सञ्चालन गर्दै होण्डा
-
सुनको मूल्य ५ हजार ४०० रुपैयाँले बढ्यो
-
प्रधानमन्त्रीले बोलाए मन्त्रिपरिषद् बैठक
-
प्रधानमन्त्री शाहले हस्तकला महासंघका प्रतिनिधिसँग छलफल गर्ने
-
पहिरोले आठ सडक प्रभावित, बिपी र कान्तिलोकपथमा राति सवारी चलाउन नपाइने


प्रतिक्रिया