लमजुङको मेमेपोखरीमा लेक लागेर एक दम्पतीको मृत्यु
सर्लाही । सर्लाहीको लालबन्दी नगरपालिका–१२, पत्थरकोटका एक दम्पतीको लमजुङको मेमेपोखरीबाट फर्किने क्रममा लेक लागेर मृत्यु भएको छ ।
लालबन्दी नगरपालिका–१२ पत्थरकोटस्थित स्याङ्बो डाँडाका २७ वर्षीय बुद्धिमान योञ्जन र उनका श्रीमती २६ वर्षीया शर्मिला तामाङको मेमेपोखरी घुमेर फर्किने क्रममा लेक लागेर यही असोज १९ गते दसैँको टीकाको राति मृत्यु भएको हो ।
योञ्जन दम्पतीको शव सोमबार सर्लाही ल्याइएको छ । दोर्दी र मस्याङ्दी गाउँपालिकाको सीमा क्षेत्रमा करिब तीन हजार नौ सय मिटर उचाइको स्याङ्बोमा लेक लागेर उनीहरुको ज्यान गएको जिल्ला प्रहरी कार्यालय लमजुङका प्रहरी नायब उपरीक्षक प्रकाश श्रीमलले जानकारी दिए ।
योञ्जन दम्पतीसँगै गएका बेंसीसहर नगरपालिका–१०, साँधुका १८ वर्षीय करण तामाङको मेडिकल कलेज भरतपुरमा उपचार भइरहेको छ । करिब चार हजार मिटर आसपास जुम्रोडाँडा क्षेत्रमा ढलेका योञ्जन भोलिपल्ट बिहीबार मृत भेटिएका थिए ।
उनकी श्रीमती भने हराइरहेकी थिइन् । उनको शव शनिबार फेला परेको थियो । लमजुङको दोर्दी र दूधपोखरी गाउँपालिकाको सिरानमा पर्ने मेमेपोखरी पुग्न लमजुङ सदरमुकाम बेंसीसहरबाट कम्तीमा तीन दिन लाग्छ ।
ताजा अपडेट
-
शिक्षा-स्वास्थ्यको कर खारेजीको निर्णय सही छ, अब बिजुलीको पनि हटाउनु पर्छ : गगन थापा
-
स्वास्थ्य र शिक्षामा लगाइएको तीन प्रतिशत कर लागू गर्ने निर्णयबाट पछि हट्यो सरकार
-
प्रस्तावित प्रमुख निर्वाचन आयुक्त र आयुक्तहरूको संसदीय सुनुवाइ साउन १२ र १३ गते हुने
-
जनकपुर तनावबारे हर्क साम्पाङको खण्डन : ‘म पुगेकै छैन, भ्रम फैलाइयो’
-
भारतको सिक्किममा भएको सुरुङ दुर्घटनामा नौ मजदुरको मृत्यु, १५ जना अझै बेपत्ता


प्रतिक्रिया