क्रिकेटर छायाकारलाई आइसिसीले लगायो १४ वर्ष प्रतिबन्ध

काठमाडौं । क्रिकेटर मेहर छायाकरलाई अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी) ले १४ वर्षको प्रतिबन्ध लगाएको छ । आईसीसीको भ्रष्टाचार विरोधी न्यायाधीकरणले आईसीसी र क्यानडा क्रिकेटका सात नियम उल्लङ्घन गरेको ठहर गर्दै उनीमाथि प्रतिबन्धनको घोषणा गरेको हो ।
उनलाई आगामी १४ वर्षसम्म सबै किमिसका क्रिकेट खेल्न रोक लगाइएको छ ।
छायाकार युनाइटेड अरब इमिरेट्सका खेलाडी हुन् । उनीमाथि अप्रिल २०१९ मा जिम्बाब्वेविरुद्ध युएई सिरिज र २०१९ मा क्यानडामा भएको जीटी २० प्रतियोगितामा नियम उल्लङ्घन गरेको आरोप छ ।
क्रिकेटमा भ्रष्टाचार फैलाउन संलग्न भएकाले उनलाई लामो समयसम्म प्रतिबन्ध लगाइएको आइसिसीको इन्टिग्रेटी युनिटका महाप्रबन्धक एलेक्स मार्सलले बताएका छन् ।
ताजा अपडेट
-
११ महिनामा १५ खर्ब ३२ अर्ब रेमिट्यान्स भित्रियो
-
रास्वपा र राप्रपाद्वारा आज पनि संसद् बैठक बहिष्कार
-
ल्हेन्दे खोला बाढी: तीन प्रहरीसहित १८ जना बेपत्ता, उद्धारका लागि हेलिकोप्टर घटनास्थलमा
-
सुरक्षा समिति र विपद प्राधिकरणको बैठक बोलाइयो
-
दराजको ७.७ ‘ह्वाट द फ्ल्याश’ सेल : ७० प्रतिशतसम्म छुट, नि:शुल्क डेलिभरी
प्रतिक्रिया