विवाह गर्दै सिद्धार्थ र कियारा

एजेन्सी । बलिउडका चर्चित जोडी अभिनेत्री कियारा अणवानी र सिद्धार्थ मल्होत्रा विवाह बन्धनमा बाँधिने भएका छन् ।
बलिउड सञ्चारमाध्यमले जनाएअनुसार उनीहरू दुबै अप्रिल २०२३ मा दिल्लीमा विवाह गर्दै छन् । दुवैले केही समयअघि चर्चित रियालिटी शो ‘कफी विथ करण’ मा आफ्नो प्रेम सम्बन्ध स्वीकार गरेका थिए ।
उनीहरूले कोर्ट म्यारिज गरेर विवाहको रिसेप्सन पार्टी दिने जनाइएको छ । विवाहको सबै कार्यक्रम दिल्लीमा हुनाले बलिउडबाट कसैलाई पनि निमन्त्रणा हुन नसक्ने सम्भावना छ ।
उनीहरू दुवैजनाले फिल्म ‘शेरशाह’ मा सँगै काम गरेका थिए । हाल सिद्धार्थ रोहित शेट्टी निर्देशत सिरिज ‘इन्डियन पुलिस फोर्स’ मा व्यस्त छन् । यो सिरिज अमेजन प्राइमबाट रिलिज हुने जनाइएको छ । त्यस्तै, उनी अभिनेता अजय देवगनसँग फिल्म ‘थ्यांक गड’ मा पनि देखिनेछन् ।
ताजा अपडेट
-
रोनाल्डो फिफा क्लब विश्वकपमा सहभागी नहुने
-
गण्डकी प्रदेश सभामा नीति तथा कार्यक्रममाथि छलफल
-
अमेरिकासँगको करसम्बन्धी वार्तामा ‘प्रगति’, सम्झौता हुन बाँकी : जापान
-
आर्थिक अभावले उपचार नपाउने अवस्थाको अन्त्य हुनुपर्छ : प्रधानमन्त्री
-
अमेरिकी भन्सार शुल्कवृद्धि अन्तर्राष्ट्रिय मापदण्डविरुद्ध’
प्रतिक्रिया