आचारसंहिता उल्लंघन गरेको आरोपमा निर्वाचन आयोगले सोध्यो प्रचण्डलाई स्पष्टीकरण
काठमाडौं । निर्वाचन आयोगले नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई आचारसंहिता उल्लंघन गरेको आरोपमा स्पष्टीकरण सोधेको छ ।
आयोगले बुधबार एक विज्ञप्ति जारी गर्दै सात दिनभित्र स्पष्टीकरण बुझाउन निर्देशन दिएको छ ।
आइतबार गोरखा निर्वाचन क्षेत्र नम्बर २ मा उम्मेदवारी दर्ता गर्ने क्रममा प्रचण्डले पञ्चेबाजा प्रयोग गरेका थिए । यसैलाई आचारसंहिता उल्लंघन भएको ठहर गर्दै आयोगले स्पष्टीकरण सोधेको हो ।
उम्मेदवारी दर्ताको क्रममा प्रयोग भएको श्रव्यदृष्यका आधारमा प्रचण्डलाई स्पष्टीकरण सोधिएको आयोगले जनाएको छ ।



प्रतिक्रिया