३० अर्बको रिपो जारी गर्दै केन्द्रीय बैंक

काठमाडौं । बजारमा तरलता अभाव कायम नै छ । राष्ट्र बैंकले तरलता अभावलाई मध्यनजर गरी ३० अर्ब रुपैयाँ बराबरको रिपो जारी गर्ने भएको छ । राष्ट्र बैंकले आज ३ बजे रिपोको बोलकबोल गर्दै छ ।
केन्द्रीय बैंकले बैंकिङ प्रणालीमा तरलताको स्थिति न्यून देखिएको अवस्थामा खुला बजार कारोबार सञ्चालन समितिको निर्णयअनुसार केही समयको लागि बजारमा तरलता प्रवाह गर्न रिपो जारी गर्ने गर्छ ।
रिपोमा सहभागी हुन चाहने बैंक तथा वित्तीय संस्थाहरुले बिहीबार दिउँसो ३ बजेसम्म बिडिङ गर्नुपर्नेछ । राष्ट्र बैंकले एक हप्ताका लागि वाणिज्य बैंक, विकास बैंक र वित्त कम्पनीहरुलाई रिपो जारी गर्न लागेको हो ।
यो रिपो कात्तिक ३ गते परिपक्क हुनेछ ।
के हो रिपो ?
बैंकिङ प्रणालीमा साधारण प्रकृतिको तरलताको स्थिति देखिएमा छोटो अवधि (सात दिनको) लागि तरलता प्रवाह गर्न प्रयोग गरिने उपकरण रिपो हो । यसअन्तर्गत तरलता आवश्यक परेको बैंक तथा वित्तिय संस्थाहरूबाट ट्रेजरी बिल वा विकास ऋणपत्र धितोको रूपमा लिइ निश्चित ब्याज लिने सर्तमा बैंकले अल्पकालिन सापटी प्रदान गर्छ । जसले गर्दा बैंकिङ प्रणालीमा तरलता प्रवाह हुन्छ ।
यसरी तरलता प्रवाह गर्दा बोलकबोल विधिबाट सबैभन्दा बढी ब्याज तिर्न तयार भएका बैंक तथा संस्थालाई क्रमैसँग आह्वान रकमसमेत बाँडफाँट गरिन्छ र भुक्तानी मितिमा बैंक तथा वित्तिय संस्थाबाट एकमुष्टा रूपमा साँवा ब्याज रकम असुल गरी धितोको रूपमा राखेको ट्रेजरी बिल वा विकास ऋणपत्र फिर्ता गरिन्छ ।
ताजा अपडेट
-
काठमाडौँ महानगरमा कक्षा ११ मा पढ्ने विद्यार्थीका लागि छात्रवृत्ति परीक्षाको अनलाइन आवेदन खुला
-
नक्सालमा जनकपुरे माछा
-
किवीखेतीबाट गाउँमै भविष्य खोज्दै युवा
-
ताप्लेजुङमा पहिरोले घर पुरिँदा चार जना घाइते
-
राष्ट्रिय प्रसारण ‘ग्रीड कम्पनी’ र पाँच जलविद्युत् कम्पनीबीच ‘ग्रीड कनेक्सन’ सम्झौता
प्रतिक्रिया