सन्दीपलाई अझै पाँच दिन हिरासतमा राखिने
काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेटका निलम्बित कप्तान सन्दीप लामिछानेलाई काठमाडौं जिल्ला अदालतले पाँच दिनको म्याद थपको अनुमति दिएको छ ।
उनलाई थप पाँच दिन हिरासतमै राखेर अनुसन्धान हुने भएको हो ।
यसअघि दिइएको सात दिनको म्याद आज सकिएको थियो । उनीमाथि १७ वर्षिय किशोरीले बलात्कारको आरोप लगाएकी छिन् ।
बलात्कारकाे आरोप लाग्दा वेस्ट इन्डिजमा रहेका सन्दीप झण्डै एक महिनापछि नेपाल फर्किएर पक्राउ परेका हुन् ।
ताजा अपडेट
-
कांग्रेस केन्द्रीय अनुशासन समितिको बैठक बस्दै
-
लुम्बिनी प्रदेशमा मन्त्रिपरिषद् पुनर्गठन: पाँच नयाँ मन्त्री थपिए, जेठ २५ गते शपथ
-
एसियाली छनोटः समूह विजेता बन्ने लक्ष्यसहित आज मलेसियाविरुद्ध भिड्दै नेपाल
-
केही हिमाली तथा पहाडी भूभागमा वर्षाको सम्भावना, तराईमा गर्मी बढ्ने
-
पर्यटकीयस्थल नगरकोट : सीमाङ्कनको प्रक्रिया बीचमै छाडियो


प्रतिक्रिया