चुनावी रणनीति बनाउन कांग्रेसले बोलायो केन्द्रीय कार्यसम्पादन समिति बैठक
काठमाडौं । चुनावी तयारीको विषयमा छलफल गर्न नेपाली कांग्रेसले केन्द्रीय कार्यसम्पादन समितिको बैठक बोलाएको छ ।
बैठक शुक्रबार दिउँसो २ बजे केन्द्रीय कार्यालय सानेपामा बस्ने मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए । बैठकमा अनिवार्य उपस्थितिका लागि केन्द्रीय कार्यसम्पादन समितिका पदाधिकारी एवं सदस्यहरूलाई निर्देशन दिएको छ ।
पाँचदलीय गठबन्धन बनाएर चुनावी प्रतिस्पर्धा गर्न लागेको कांग्रेसले मंसिर ४ मा हुने निर्वाचनका लागि चुनावी एजेण्डा, घोषणापत्रलगायत आन्तरिक रणनीति बनाउन केन्द्रित रहने कांग्रेसले जनाएको छ ।
ताजा अपडेट
-
स्वास्थ्य र शिक्षामा लगाइएको तीन प्रतिशत कर लागू गर्ने निर्णयबाट पछि हट्यो सरकार
-
प्रस्तावित प्रमुख निर्वाचन आयुक्त र आयुक्तहरूको संसदीय सुनुवाइ साउन १२ र १३ गते हुने
-
जनकपुर तनावबारे हर्क साम्पाङको खण्डन : ‘म पुगेकै छैन, भ्रम फैलाइयो’
-
भारतको सिक्किममा भएको सुरुङ दुर्घटनामा नौ मजदुरको मृत्यु, १५ जना अझै बेपत्ता
-
श्रम संस्कृति पार्टीका कार्यकर्ता जानकी मन्दिर परिसरभित्र प्रवेश गर्न खोज्दा लखेटिए


प्रतिक्रिया