रौतहट-३ मा प्रभु साहलाई समर्थन गर्ने माओवादी केन्द्रको निर्णय, पटेलको उम्मेदवारी फिर्ता लिइने
काठमाडौं । माओवादी केन्द्रले एमालेबाट विद्रोह गरी स्वतन्त्र उम्मेदवार बनेका प्रभु साहलाई समर्थन गर्ने निर्णय गरेको छ ।
बिहीबार बसेको प्रदेश कमिटीको बैठकले आफ्ना उम्मेदवार पटेललाई फिर्ता बोलाएर साहलाई सर्मथन गर्ने निर्णय गरेको हो । केन्द्रीय गठबन्धन निर्णयअनुसार रौतहट ३ मा रवीन्द्र पटेललाई फिर्ता बोलाउने निर्णय भएको हो । तर यसविषयमा औपचारिक निर्णय नभइसकेको उपमहासचिव गणेश साहले बताए ।
‘गठबन्धनको तर्फबाट साहलाई समर्थन गर्ने भन्ने पार्टीको तयारी छ । निर्णय भइसकेको छैन’, साहले भने, ‘गठबन्धनको तर्फबाट त्यहाँ छुट्टै उम्मेदवारी दिएका छन् । उहाँलाई फर्ता बोलाएर साहलाई समर्थन गर्नेबारे पार्टीले निर्णय गर्नेछ ।’
माओवादी केन्द्रको निर्णयसँगै साहलाई गठबन्धन दलले पनि साथ दिने भएको छ । २०७७ फागुन २३ मा सर्वोच्च अदालतले नेकपा विघटन गरेपछि साह एमालेमै बसेका थिए । उनले यसअघि रौतहट ३ बाट तीन पटक लगातार निर्वाचन जित्दै आएका थिए ।
मंसिर ४ मा हुने निर्वाचनमा साहले एमालेबाट टिकट पाएका थिए । तर असोज २३ मा मनोनयन दर्ता गर्नेसमयसम्म टिकट होल्ड गरेका साहले अन्तिममा स्वतन्त्रबाट उम्मेदवारी दिएका थिए । चुनावी प्रतिस्पर्धामा सो क्षेत्र एमालेबिहिन भएको छ । स्वतन्त्रबाट उम्मेदवारी दिएपछि साहले एमालेभित्र पूर्वमाओवादी कोही पनि खुशी नभएको सार्वजनिक अभिव्यक्ति दिएका छन्
ताजा अपडेट
-
कोप-३१ मा नेपालको प्राथमिकता: जलवायु न्याय, अनुकूलन र हानि-नोक्सानी
-
वर्षमा एक दिन खुल्ने तलेजु भवानी मन्दिर भोलि सर्वसाधारणका लागि खुला
-
ओमानलाई हराउँदै नेपालले जोगायो ओडीआई मान्यता
-
चाडपर्व लक्षित सीमा सुरक्षामा सशस्त्र प्रहरीको सक्रियता, सुनसरीमा गस्ती तथा निगरानी तीव्र
-
एनपीएलमा एक्स्ट्रीमको रौनक, सात टिमको स्पेशल क्यान सबैको हातमा


प्रतिक्रिया