NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख १५ गते

राजनीतिमा देखिएको विकृति सफा गर्छु : प्रदीप पौडेल

काठमाडौं । कांग्रेसबाट काठमाडौं ५ मा प्रतिनिधिसभाका उम्मेदवार बनेका प्रदीप पौडेलले राजनीतिमा विकृति ल्याउने नेतृत्व दलभित्रै रहेको भन्दै आफू यस्तो विकृति सफा गर्न लागेको बताएका छन् । कांग्रेस काठमाडौं ५ ले आयोजना गरेको क्षेत्रीय प्रतिनिधिको भेलामा पौडेलले आफ्नो पहिलो उद्देश्य राजनीतिलाई सफा गर्नु रहेको बताएका हुन् ।

‘काठमाडौंले देश बनाउने नेतालाई विशवास गर्छ। विकृतिहरुलाई अन्त्य गर्ने गरी अगाडि बढेको नेतृत्वलाई विश्वास गर्छ। आज देशमा धेरै विकृतिहरु छन्रा’ उनले भनेका छन्, ‘राजनीतिभित्रै धेरै विकृतिहरु छ। राजनीतिमा विकृति ल्याउने नेतृत्व पनि दलहरुभित्र छ। त्यसैले राजनीति सफा गर्न आवश्यक छ। मेरो पहिलो उदेश्य राजनीतिलाई सफा गर्ने हो। दोस्रो कुरो राजनधानीलाई पनि सफा गर्ने उदेश्य हो।’

आफू उठ्न लागेको क्षेत्र राजधानीको पनि राजधानी भएको भन्दै उनले काठमाडौं ५ बाटै देश बन्ने नीति बनाउनुपर्ने बताएका छन् ।

‘काठमाडौंको क्षेत्र नम्बर ५ राजधानीको पनि राजधानी हो। यसले नेपालको नीति निर्माणमा ठूलो योगदान गर्न सक्छ। राष्ट्रपति कार्यालय, प्रधानमन्त्री निवास, राष्ट्र बैंकलगायतका धेरै महत्वपूर्ण केन्द्रहरु छन् क्षेत्र नम्बर ५ मा। त्यसैले ५ बाटै देश बन्ने नीति बन्नुपर्छ। देश बनाउने नीतिको नेतृत्व गर्ने नेता ५ बाटै आउनु पर्छ’ उनले भनेका छन्, ‘मलाई विशवास गर्नुस्, तपाईंको विश्वासलाई, भरोसालाई मैले कुठाराघात गर्ने छैन। तपाईंको सांसदको रुपमा मैले देशमा प्रभावकारी भूमिका निर्वाह गर्ने छु। तपाईंको शिर निहुरिने, तपाईंलाई लाज हुने स्थिति मैले निर्माण गर्ने छैन। गर्व हुने स्थिति निर्माण गर्ने छु।’

डाँडागाउँदेखि हाँडीगाउँसम्मको क्षेत्रलाई धार्मिक केन्द्रको रुपमा।सूचना प्रविधि केन्द्रका रुपमा, प्रशासनिक केन्द्रका रुपमा र स्वास्थ्य उपचारको केन्द्रका रुपमा विकसित गर्ने पनि उनले बताए ।

संसारको प्रदुषित सहरका रुपमा परिचित काठमाडौंलाई सफा गरेर स्वच्छ, सफा, हराभरा र सुन्दर सहरका रुपमा परिणत गर्नका निम्ति हामी विशेष योजनाहरु ल्याउने उनको भनाई छ । यहाँका खोलाका दुवै किनारमा करिडोर निर्माण गरेर काठमाडौंको ट्राफिक जामलाई अन्त्य गर्नका निम्ति हामी विशेष योजना ल्याउने उनले प्रष्ट्याए ।

‘यहाँको नेवार समुदाय सभ्यताको प्रतीक हो। हिन्दु सभ्यता, नेवार संस्कृतिको सभ्यतालाई हामीले संरक्षण गर्ने,सम्वृद्ध बनाउने गरि अगाडि बढ्ने छौ ।’ उनले भने ।

कार्यक्रम काग्रेस प्रवक्ता डा. प्रकाशशरण महतले देशको रुपान्तरणको लागि देशैभर कांग्रेस नेताको जित आवश्यक रहेको बताए । कार्यक्रममा प्रदेश उम्मेदवारहरू भैरब सापकोटा, श्यामबहादुर खडका लगायतका नेताहरुले सम्बोधन गरेका थिए ।