गच्छदार र पाण्डेसहित ९ जनाको उम्मेदवारी खारेज गर्न माग गर्दै सर्वोच्चमा रिट
काठमाडौं । कांग्रेसका विजयकुमार गच्छदार र राप्रपाका विक्रम पाण्डेसहित नौ जनाको उम्मेदवारी खारेज गर्न माग गर्दै सर्वोच्च अदालतमा रिट परेको छ ।
सुनसरी–३ का कांग्रेस उम्मेदवार गच्छदार र चितवन–३ का राप्रपा उम्मेदवार विक्रम पाण्डेले भ्रष्टाचारको मुद्दा खेपिरहेका छन् ।
साथै, तनहुँ–१ का स्वतन्त्र उम्मेदवार गोविन्दराज जोशीले पनि भ्रष्टाचार मुद्दा खेपिरहेका छन् । उनी कांग्रेसका पूर्वनेता हुन् ।
त्यस्तै, रौतहट – ३ का उम्मेदवार प्रभु साह वीरगञ्जका काशी तिवारीको हत्यामा जोडिएका छन् ।
यस्तै, सिन्धुपाल्चोक १ (क) बाट उम्मेदवार रहेका डिबी तामाङ, महोत्तरी १ की उम्मेदवार लक्ष्मी महतो, स्वतन्त्र उम्मेदवार रहेकी नेतृ सरिता गिरी तथा झापा ५ (ख) का उम्मेदवार रेवतराज पुरीविरुद्ध मुद्दा परेको हो ।
‘कानुनले स्वच्छ छवि र उच्च नैतिक चरित्र भएको व्यक्तिलाई उम्मेदवार बनाउने परिकल्पना गरे पनि ऐनको प्रावधानले विभिन्न मुद्दाका आरोपित पनि उम्मेदवार बन्न छुट दिएकाले संशोधनको माग गर्दछौं,’ रिटमा भनिएको छ ।
यो रिटको सुनुवाइका लागि असोज ३० गतेलाई पेशी तोकिएको छ ।
ताजा अपडेट
-
कांग्रेस केन्द्रीय अनुशासन समितिको बैठक बस्दै
-
लुम्बिनी प्रदेशमा मन्त्रिपरिषद् पुनर्गठन: पाँच नयाँ मन्त्री थपिए, जेठ २५ गते शपथ
-
एसियाली छनोटः समूह विजेता बन्ने लक्ष्यसहित आज मलेसियाविरुद्ध भिड्दै नेपाल
-
केही हिमाली तथा पहाडी भूभागमा वर्षाको सम्भावना, तराईमा गर्मी बढ्ने
-
पर्यटकीयस्थल नगरकोट : सीमाङ्कनको प्रक्रिया बीचमै छाडियो


प्रतिक्रिया