३३ कम्पनीको १२ अर्ब ३ करोडको आइपिओ पाइपलाइनमा

काठमाडाैं । विभिन्न कम्पनीका १२ अर्ब ३ करोड ७३ लाख ७८ हजार ५३५ रुपैयाँ बराबरको ८ करोड ११ लाख २५ हजार ४८१ कित्ता आइपिओ नेपाल धितोपत्र बोर्ड (सेबाेन) को पाइपलाइनमा छन् ।
बोर्डको पाइपलाइनमा भएका ३४ कम्पनीहरुमा २ बीमा कम्पनी, ३ अन्य, ४ उत्पादन तथा प्रशोधन, १९ हाइड्रोपावर, लगानी एउटा, २ लघुवित्त, होटल तथा पर्यटन २ वटा पाइपलाइनमा छ ।
बीमा कम्पनी
बोर्डमा रिलायबल लाइफ इन्स्योरेन्सको एक अर्ब २७ करोड २० लाख रुपैयाँको ६० लाख कित्ता सेयर पाइपलाइनमा छ । त्यस्तै आईएमई लाइफ इन्स्योरेन्स कर्पोरेट लिमिटेडको ६० करोडको ६० लाख कित्ता आइपिओ पाइपलाइनमा छ ।
अन्य
मुक्तिनाथ कृषि कम्पनी लिमिटेडको ४ करोडको ४ लाख, डिसमिडिया नेटवर्क लिमिटेडको २३ करोड ८५ लाख ९२ लाखको २३ लाख ८५ हजार र ट्रेड टावर लिमिटेडको ११ करोड ५८ लाख ९८ हजारको ११ लाख ५८ हजार आइपिओ आउँदैछन् ।
उत्पादन तथा प्रशोधन
सर्वोतम सिमेन्टले बुक बिल्डिङको माध्यमबाट आइपिओ निष्काशन गर्न बोर्डमा निवेदन दिएको छ । उक्त कम्पनीको २४ करोड रुपैयाँको २४ लाख कित्ता सेयर पाइपालाइनमा छ । रिल्यान्स स्पेनिङ मिल्स लिमिटेडले पनि बुक बिल्डिङको माध्यमबाट आइपिओ निष्काशन गर्न बोर्डमा निवेदन दिइसकेका छन् । सो कम्पनीको ७ लाख ७० हजार कित्ता सेयर निष्काशन हुँदै छ । त्यस्तै सोनापुर मिनरल्स एण्ड ओयल, घोराही सिमेन्ट इन्डष्ट्री पनि बोर्डको पाइपलाइनमा छ ।
हाइड्रोपावर
बोर्डको पाइपलाइनमा रहेको हाइड्रोपावर कम्पनीहरु डोल्टी पावर कम्पनी लिमिटेड, सगरमाथा जलविद्युत कम्पनी, मे खोला हाइड्रोपावर, मोदी इनर्जी हाइड्रोपावर, मेन्छिएम हाइड्रोपावर, भुगोल इनर्जी डेभलपमेन्ट, कुथेली बुखारी हाइड्रोपावर, अपर संगे हाइड्रोपावर, रावा इनर्जी हाइड्रोपावर, सुपरमाइ हाइड्रोपावर, मोलुङ हाइड्रोपावर, एशियन हाइड्रोपावर छन । यसैगरी इंग्वा हाइड्रोपावर, सुपरमादी हाइड्रोपावर, मकर जितुमायाँ सुरी हाइड्रोपावर, शुभम् पावर, थ्री स्टर हाइड्रोपावर, मायाँ खोला हाइड्रोपावर र सानिमा मिडल तामोर हाइड्रोपावर पाइपलाइनमा छन ।
लगानी
हाथवे इन्भेष्टमेन्ट
लघुवित्त
आत्मनिर्भर लघुवित्त, बिपीडब्ल्यु लघुवित्त
होटल तथा पर्यटन
कालिञ्चोक दर्शन लिमिटेड र सिटी होटल
प्रतिक्रिया