NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख २१ गते

सत्ता गठबन्धनको चुनावी कमाण्डर पौडेल

काठमाडौं । सत्ता गठबन्धनले संयुक्त रुपमा चुनावी अभियान सञ्चालन गर्ने निर्णय गर्दै नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेललाई कमाण्डर तोकेको छ ।

प्रधानमन्त्री निवास बालुवाटारमा विहीवार बसेको गठबन्धनको बैठकले केन्द्रीयस्तरबाट निर्वाचन परिचालन गर्न पौडेलको नेतृत्वमा समन्वय समिति गठन गर्ने निर्णय गरेको छ । साथै, प्रदेश तथा जिल्लाहरूमा पनि गठबन्धन दलको समन्वय समिति गठन गर्ने निर्णय भएको छ ।

साथै, सातवटै प्रदेशमा गठबन्धन दलका संयुक्त कार्यकर्ता भेला आयोजना गर्ने निर्णयसमेत गरेको छ ।

गठबन्धन दलहरूको संयुक्त अपिल प्रकाशनका लागि चार सदस्यीय मस्यौदा समिति पनि गठन गरिएको बैठकमा सहभागी एक नेताले बताए ।

समितिमा कांग्रेसबाट प्रकाशशरण महत, नेकपा (माओवादी केन्द्र)बाट हितमान शाक्य, नेकपा (एकीकृत समाजवादी)बाट प्रमेश हमाल र राष्ट्रिय जनमोर्चाबाट हिमलाल पुरीलाई जिम्मा दिइएको छ ।

जनता समाजवादी पार्टी (जसपा) प्रमुख प्रतिपक्षी नेकपा (एमाले)सँग मिलेपछि सत्ता गठबन्धनमा चार दलमात्र बाँकी रहेका छन् ।

 

ताजा अपडेट

नेपालवाच विशेष