मुख्यमन्त्री राउतले कांग्रेसका मन्त्रीहरूलाई भने, ‘चाँडै राजीनामा दिनू, नत्र हटाउँछु’
काठमाडौं । मधेश प्रदेशका मुख्यमन्त्री लालबाबु राउतले नेपाली कांग्रेसका मन्त्रीहरूलाई चाँडै राजीनामा दिन भनेका छन् । यदि, राजीनामा नदिए उनले शुक्रबार नै हटाउने तयारी गरेको स्रोतले जनाएको छ ।
मधेश सरकारको नेतृत्व गरिरहेको जनता समाजवादी पार्टी (जसपा) सत्ता गठबन्धबाट अलग भएर प्रमुख प्रतिपक्षी नेकपा (एमाले)सँग चुनावी सहकार्यमा जुटेको छ ।
यसै परिपेक्षमा प्रधानमन्त्री शेरबहादुर देउवाले संघीय मन्त्रिपरिषद्बाट जसपाका मन्त्रीहरूलाई बिहीबार नै बर्खास्त गरिसकेका छन् । यसैको प्रतिक्रियास्वरुप मुख्यमन्त्री राउतले पनि मधेश सरकारको मन्त्रिपरिषद्बाट कांग्रेसका मन्त्रीलाई हटाउन लागेका हुन् ।
कांग्रेसबाट मधेश सरकारमा भौतिक पूर्वाधार विकासमन्त्री रामसरोज यादव, खानेपानी तथा उर्जा विकासमन्त्री ओमप्रकाश शर्मा र महिला, बालबालिका, युवा तथा खेलकुदमन्त्री वीरेन्द्रप्रसाद सिंह छन् । मुख्यमन्त्री राईले फोन गरेर उनीहरूलाई चाँडो राजीनामा दिन भनेका हुन् ।
मुख्यमन्त्री राउतले सत्ता गठबन्धनमै आबद्ध नेकपा (माओवादी केन्द्र) र नेकपा (एकीकृत समाजवादी)का मन्त्रीहरूलाई राजीनामा दिन दबाब नदिएको बताइएको छ ।
ताजा अपडेट
-
कराते टोली जापान प्रस्थान, खेलाडीलाई विमानस्थलको ‘भिआइपी’ सुविधा
-
बाढीपछि पर्यटन क्षेत्रको पुनरुत्थानका लागि सरकार र निजी क्षेत्रबीच सहकार्य
-
संयुक्त राष्ट्रसङ्घले नेपाललाई चार करोड ९६ लाख अमेरिकी डलर सहयोग गर्ने
-
रसुवा बाढी : १२ सय ९५ शव फेला, झन्डै पाँच हजार अझै बेपत्ता
-
जनकपुरका राजगुठीअन्तर्गतका पोखरी अतिक्रमण हटाउने दोस्रो चरणको प्रक्रिया शुरु, ७ दिने सार्वजनिक सूचना जारी


प्रतिक्रिया