NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख १६ गते

तिहारको लागि भारतबाट ३ लाख थान सयपत्रीको माला आयात गरिँदैँ

काठमाडौं । नेपालीहरूको दोस्रो ठूलो पर्व तिहार आउन अब एक साता मात्रै बाँकी छ । तिहार पर्व बती र झिलीमिली र फूलमालाको पर्व भएकाले अहिलेदेखि नै बजारमा तिहारको लागि माला किन्ने र बेच्नेको चहलपहल सुरू भइसकेको छ ।

नेपालको विभिन्न क्षेत्रमा फूलको उत्पादन हुने भएतापनि फूलमालामा आत्मनिर्भर हुन सकेको छैन । अहिले पनि विदेशबाट लाखौँ मूल्यबराबरको फूलमाला आयात हुने गर्छ ।

यस पटकको तिहारको लागि पनि नेपालले छिमेकी मूलुक भारतबाट करिब १ करोड ६५ लाख रुपैयाँ बराबरको ३ लाख थान माला आयात गरिने  भएको छ ।

नेपाल फ्लोरिकल्चर एसोसिएसनका अध्यक्ष मीनबहादुर लामाका अनुसार गत वर्षको तुलना यो वर्ष नेपालले ६३ हजार थान सयपत्री माला कम आयात गरिने भएको छ । गत वर्ष ३ लाख ६३ हजार थान माला आयात गरिएको थियो । यो वर्ष १७ लाख थान माला आन्तरिक उत्पादनबाट तयार गरिने छ ।

एसोसिएसनका अनुसार यो तिहारमा सयपत्री माला २० लाख, मखमली माला ३ लाख २५ हजार र गोदावरी माला २० हजार थान खपत हुने अनुमान रहेको छ ।