तिहारको लागि भारतबाट ३ लाख थान सयपत्रीको माला आयात गरिँदैँ
काठमाडौं । नेपालीहरूको दोस्रो ठूलो पर्व तिहार आउन अब एक साता मात्रै बाँकी छ । तिहार पर्व बती र झिलीमिली र फूलमालाको पर्व भएकाले अहिलेदेखि नै बजारमा तिहारको लागि माला किन्ने र बेच्नेको चहलपहल सुरू भइसकेको छ ।
नेपालको विभिन्न क्षेत्रमा फूलको उत्पादन हुने भएतापनि फूलमालामा आत्मनिर्भर हुन सकेको छैन । अहिले पनि विदेशबाट लाखौँ मूल्यबराबरको फूलमाला आयात हुने गर्छ ।
यस पटकको तिहारको लागि पनि नेपालले छिमेकी मूलुक भारतबाट करिब १ करोड ६५ लाख रुपैयाँ बराबरको ३ लाख थान माला आयात गरिने भएको छ ।
नेपाल फ्लोरिकल्चर एसोसिएसनका अध्यक्ष मीनबहादुर लामाका अनुसार गत वर्षको तुलना यो वर्ष नेपालले ६३ हजार थान सयपत्री माला कम आयात गरिने भएको छ । गत वर्ष ३ लाख ६३ हजार थान माला आयात गरिएको थियो । यो वर्ष १७ लाख थान माला आन्तरिक उत्पादनबाट तयार गरिने छ ।
एसोसिएसनका अनुसार यो तिहारमा सयपत्री माला २० लाख, मखमली माला ३ लाख २५ हजार र गोदावरी माला २० हजार थान खपत हुने अनुमान रहेको छ ।
ताजा अपडेट
-
अमेरिकी आक्रमणपछि इरान-अमेरिका तनाव थप चर्कियो
-
प्रतिनिधिसभाको शिक्षा समितिद्वारा पाँच विषयगत उपसमिति गठन
-
इबोला भाइरस रोकथाममा मन्त्रालयको उच्च सतर्कता
-
अध्ययन बिदा दुरुपयोग गरेका ४१ त्रिविका प्राध्यापकबाट दश करोडभन्दा बढी असुल
-
‘भारतीय प्रधानमन्त्री मोदीसँगको भेटवार्ता फलदायी र महत्वपूर्ण’ : रवि लामिछाने


प्रतिक्रिया