NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख ३० गते
नवौँ राष्ट्रिय खेलकुद

सेनाले जित्यो फेन्सिङमा पाँच स्वर्ण

काठमाडौं । पोखरामा जारी नवौँं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत फेन्सिङको पुरुष ‘टिम इपी’ खेल विधामा विभागीय नेपाली सेनाले स्वर्ण पदक जितेको छ ।

पोखरा रङ्गशालाको ब्याडमिन्टन कोर्टमा आज सम्पन्न फाइनल खेलमा सेनाले अर्को विभागीय टोली सशस्त्र प्रहरीको एपिएफलाई ४५–२८ अङ्कले पछि पार्दै स्वर्ण जितेको हो ।

आर्मीका लागि यो फेन्सिङमा पाँचौँ स्वर्ण पदक हो । उपविजेता एपिएफले रजत पदक जित्दा आयोजक गण्डकी प्रदेश र बागमती प्रदेशले कास्य पदकमा चित्त बुझाए ।

यही असोज २४ गतेदेखि सञ्चालन भएको फेन्सिङतर्फ छ खेल व्यक्तिगत र छ खेल टिम विधामा गरी १२ स्वर्ण पदकका लागि प्रतिस्पर्धा भएको थियो ।

फेन्सिङको अन्तिम अङ्क तालिका अनुसार सेना च्याम्पियन बनेको छ । सेनाले पाँच स्वर्ण, पाँच रजत र सात कास्यसहित १७ पदक जितेको छ । यसैगरी बागमतीले चार स्वर्ण, तीन रजत र एक कास्यसहित आठ पदक जितेर द्वितीय स्थानमा छ ।

यसैगरी एपिएफ दुई स्वर्ण, चार रजत र सात कास्यसहित १३ पदका साथ तृतीय स्थानमा छ । सुदूरपश्चिम प्रदेश एक स्वर्ण र दुई कास्यसहित तीन पदकका साथ चौथो स्थानमा रहेका छन् ।

आयोजक गण्डकी प्रदेशले चार कास्य पदक जित्दै पाँचौँ स्थानमा रहँदा प्रदेश नं १ ले तीन तीन कास्य पदकसहित पदक तालिकाको पुछारमा छ ।

ताजा अपडेट

नेपालवाच विशेष