गेस्टहाउसमा युवकको शव फेला

सिरहा । जिल्लाको गोलबजारबाट केही दिनअगाडि हराएका एक युवकको शव विराटनगरको एक गेष्टहाउसमा फेला परेको छ ।
विराटनगरको बसपार्कमा रहेको न्यू अप्सरा गेस्टहाउसमा युवकको शव भेटिएको जिल्ला प्रहरी कार्यालय मोरङका प्रमुख प्रहरी निरीक्षक शाान्तिराज कोइरालाले जानकारी दिए ।
सिरहाको गोलबजार नगरपालिका–३ का १८ वर्षीय युवक अंशु सदायको शव गेष्टहाउसभित्रको कोठामा रहेको बक्स पलङभित्र फेला परेको हो ।
असोज २६ गते गेष्टहाउसमा प्रवेश भएको दखिएको र सिरहाबाट अपहरण गरेको प्रहरी निरीक्षक कोइरालाले आशङ्का व्यक्त गरे । प्रहरीले उक्त हत्या घटनामा संलग्न भएको आशङ्कामा तीन जनालाई नियन्त्रणमा लिएको छ ।
ताजा अपडेट
-
बैठक नै नबसी प्रतिनिधि सभाको बैठक आइतबारसम्मका लागि स्थगित
-
‘उपत्यकाका नदी स्वच्छ बनाउन तीन अर्ब ४२ करोड बजेट’
-
सबै कर्मचारीलाई स्वास्थ्य बीमामा आबद्ध गर्ने मन्त्रालयको तयारी
-
नागरिकता ऐन संशोधन विधेयक छिटो पारित गर्न गृहमन्त्रीको आग्रह
-
विश्व वातावरण दिवसको अवसरमा ग्लोबल आइएमई बैंककाे वृहत् बृक्षारोपण कार्यक्रम आयोजना
प्रतिक्रिया