श्रीलङ्कामा बाढी र पहिरोमा परी तीन जनाको मृत्यु, ५५ हजारभन्दा बढी प्रभावित
एजेन्सी । श्रीलङ्कामा गएको ७२ घण्टामा बाढी र पहिरोबाट तीन जनाको मृत्यु भएको छ । यस प्रकोपमा परी १३ हजार नौ सय २ परिवारका ५५ हजार भन्दा बढी मानिस प्रभावित भएका विपद् व्यवस्थापन केन्द्र (डीएमसी) ले आइतबार जनाएको छ ।
बाढी र पहिरो ल्याएको वर्षाको मौसम बुधबारसम्म जारी रहने डीएमसीले जनाएको छ । भारी वर्षा जारी रहेमा केही क्षेत्रमा बाढीको जोखिम बढ्ने सिँचाइ निर्देशक सुगेश्वरले बताए ।
प्रतिकूल मौसम अवस्थालाई ध्यानमा राख्दै ६ जिल्लाका लागि जारी गरिएको पहिरोको चेतावनीलाई थप गरिएको डीएमसीले जनाएको छ । हालको भारी वर्षा देश नजिकैको इन्टरट्रोपिकल कन्भर्जेन्स जोन (आईटीसीजेड) को प्रभावका कारण भएको जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।
ताजा अपडेट
-
प्रस्तावित प्रमुख निर्वाचन आयुक्त र आयुक्तहरूको संसदीय सुनुवाइ साउन १२ र १३ गते हुने
-
जनकपुर तनावबारे हर्क साम्पाङको खण्डन : ‘म पुगेकै छैन, भ्रम फैलाइयो’
-
भारतको सिक्किममा भएको सुरुङ दुर्घटनामा नौ मजदुरको मृत्यु, १५ जना अझै बेपत्ता
-
श्रम संस्कृति पार्टीका कार्यकर्ता जानकी मन्दिर परिसरभित्र प्रवेश गर्न खोज्दा लखेटिए
-
कीर्तिपुरमा कारमा आगलागी हुँदा एकजनाको मृत्यु


प्रतिक्रिया