NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख १३ गते

लोकतन्त्रलाई स्थायित्व दिन गठबन्धन आवश्यक : प्रधानमन्त्री देउवा

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले गठबन्धनमा रहेका दललाई मिलेर चुनाव लडेर लोकतन्त्रलाई स्थायित्व प्रदान गर्दै गरिबी हटाउने ठूलो अवसर र चुनौती रहेको बताएका छन ।

वाम लोकतान्त्रिक गठबन्धन काठमाडौँ निर्वाचन क्षेत्र नं २ को चुनावी प्रशिक्षण कार्यक्रममा उनले अहिले बनेको गठबन्धनले प्रजातन्त्रलाई स्थायित्व दिन आवश्यक रहेको धारणा व्यक्त गरे । उनले भने, ‘गठबन्धनमा सबै मिल्न आवश्यक छ, वर्तमान संविधानमा सबै अटाउने स्थान छ, एउटा दलले मात्र बहुमत ल्याउन नसक्ने भएकाले गठबन्धनलाई मिलाएर लैजान आवश्यक छ ।’

मुलुकमा लोकतन्त्रवादी शासन व्यवस्थालाई सुदृढ गर्दै अघि बढाउन आवश्यक रहेको बताउँदै प्रधानमन्त्री देउवाले त्यस क्षेत्रबाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार ओनसरी घर्तीले त्यसबेला सभामुखको जिम्मेवारी अत्यन्तै सुव्यवस्थित हिसाबले चलाउन सफल भएको घटना सुनाए ।