ट्राफिक प्रहरीद्वारा २१ वटा दुईपांग्रे सवारी साधन सम्बन्धित व्यक्तिलाई हस्तान्तरण

काठमाडौं । काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयले उपत्यकाका विभिन्न स्थानबाट हराएका २१ वटा दुई पाङग्रे सवारी साधन फेला पारी आज सम्बन्धित धनीलाई हस्तान्तरण गरेको छ । कार्यालयमा आज आयोजित एक कार्यक्रमका बीच प्रहरी नायब उपरीक्षक सन्तोष रोकाले सवारी साधन सम्बन्धित धनीलाई हस्तान्तरण गरेका हुन् ।
दुई पांग्रे सवारी साधन चोरी भएको भनि काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयमा सवारी धनीले विभिन्न मितिमा दिएको निवेदनका आधारमा खोजतलास गर्दा भेटिएका १५ ओटा मोटरसाइकल र ६ ओटा स्कुटर हस्तान्तरण गरिएको कार्यालयले जनाएका छ ।
गत साउनदेखी असोज ३० गतेसम्म दुई पाङ्ग्रे सवारी साधन चोरी भएको भनी काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयमा ४०२ ओटा निवेदन प्राप्त भएका थिए । प्राप्त निवेदनको आधारमा चोरी भएका सवारी साधन ट्राफिक प्रहरीले खोजी गर्दा १५९ ओटा फेला परेका थिए । जसमध्ये साउन महिनामा ६८ ओटा र भदौ महिनामा ३८ ओटा सवारी साधन धनीलाई जिम्मा लगाइ सकिएको छ । यस्तै आज सहित असोजमा ३२ ओटा सवारी साधन सम्बन्धित धनीको जिम्मा लगाइएको छ ।
यही असोज महिनामा चोरीको एउटा मोटरसाइकल सहित नियन्त्रणमा आएका एक जनालाई भने आवश्यक कारवाहीको लागी सम्बन्धित वृत्तमा पठाइएको प्रहरी नायब उपरीक्षक सन्तोष रोकाले जानकारी दिए ।
ताजा अपडेट
-
गण्डकी प्रदेश सभामा नीति तथा कार्यक्रममाथि छलफल
-
अमेरिकासँगको करसम्बन्धी वार्तामा ‘प्रगति’, सम्झौता हुन बाँकी : जापान
-
आर्थिक अभावले उपचार नपाउने अवस्थाको अन्त्य हुनुपर्छ : प्रधानमन्त्री
-
अमेरिकी भन्सार शुल्कवृद्धि अन्तर्राष्ट्रिय मापदण्डविरुद्ध’
-
असार १५ गतेसम्ममा शिक्षा विधेयक पास हुन्छ : शिक्षामन्त्री पन्त
प्रतिक्रिया