हराउँदै गएको रैथाने मार्सी धानको उत्पादन पुनः सुरु

मुगु जिल्ला खत्याड गाउँपालिका–३ का किसान वर्षौँदेखि लोप हुन लागेको रैथाने मार्सी धानको उत्पादन पुन सुरु गरेका छन् । अर्गानिक बालिको रुपमा परिचित मार्सी धानले स्वास्थ्यमा गर्ने फाइदाको महत्व बुझेपछि किसान मार्सी धानको उत्पादन गर्न उत्साहित भएका छन् ।
खत्याड गाउँपालिका कृषि शाखा प्रमुख विष्णु रावतका अनुसार मार्सी धानमा अन्य धानको तुलनामा क्यालसियम, फलाम, भिटामिन सी र फोलिक एसिड प्रचूर मात्रामा पाइने भएकाले यो सुष्म तत्वको बढी आवश्यकता पर्ने बालबालिका, सुत्केरी महिला तथा वृद्धवृदा लागि अत्यन्तै फाइदाजनक मानिन्छ ।
बालिचक्र अपनाउँदा मार्सी धानको जस्तै अन्य रैथाने धानको उत्पादनमा पनि जोड दिए रैथाने बालीको जगेर्ना हुने किसान बाँच्या शाही बताउँछन् ।
ताजा अपडेट
-
बङ्गलादेशकी पूर्व प्रधानमन्त्री हसिनालाई ६ महिनाको जेल सजाय
-
राष्ट्रियसभालाई विधेयकमा दुईवर्षे कुलिङ पिरियडको व्यवस्था गर्न अनुरोध गर्ने समितिको निर्णय
-
आर्थिक विधेयक र राष्ट्र ऋण उठाउने विधेयक राष्ट्रियसभाबाट स्वीकृत
-
अर्थमन्त्री पौडेलको दाबी-‘बजेट लोकतन्त्र र गणतन्त्रको मर्म अनुसार आएको छ’
-
३४ अंकले बढ्यो नेप्से, कारोबार कति ?
प्रतिक्रिया