NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख ८ गते

कुमारी बैंकको साधारण सभा कात्तिक २१ गते, यस्ता छन् एजेण्डा

काठमाडौं । कुमारी बैंकको २२औं वार्षिक साधारण सभा कात्तिक २१ गते हुने भएको छ ।

बैंकको असोज ३० गते बसेको संचालक समितिको बैठकले सभा कुमारी बैंक लिमिटेड, नक्साल (प्रहरी प्रधान कार्यालय पेट्रोल पम्प अगाडी) काठमाडौंमा विहान ११ बजे बस्ने जनाएको छ ।

सभाले साधारणसभावको वार्षिक प्रतिवेदनमाथि छफफल गरी पारित गरिने छ । त्यस्तै संचालक समितिले प्रस्ताव गरे बमोजिम कर प्रयोजन सहित चुक्ता पूँजीको १२.५० प्रतिशत नगद लाभांश वितरण गर्न स्वीकृति प्रदान गर्ने भएको छ ।

सभाका एजेण्डाहरू यस्ता छन् :

क. सामान्य प्रस्ताव

१.बाइसैँ वार्षिक साधारणसभाको सञ्चाल समितिको वार्षिक प्रतिवेदनमाथि छलफल गरी पारित गरिने ।

२. लेखापरिक्षकको प्रतिवेदनसहितको आव २०७८/०७९ को वार्षिक आर्थिक विवरण असार मसान्त २०७९ को वासलत, आव २०७८/०७९ को नाफानोक्सान बाँडफाँट हिसाब, इक्युटीमा भएको परिवर्तनलगायतका आर्थिक विवरणसम्बद्दध विवरण पारित गरी छलफल गरिने ।

३. बैंकको सहायक कुमारी क्यापिटलको आव २०७८/०७९ को वित्तिय विवरणसहितको एकिकृति विवरण पारित गरी छलफल गरिने ।

४.आव २०७९/०८० को लागि लेखापरीक्षक नियुत्ति तथा निजको पारिश्रमिक तोक्ने प्रस्ताव पारित गर्ने छ ।

५. सञ्चाल समितिले प्रस्ताव गरेबमोजिम कर प्रयोजनसहित चुक्तापुँजीको १२.५० प्रतिशत नगद लाभांश वितरण गर्न स्वीकृति प्रदान गर्ने ।

ख. विशेष प्रस्ताव

१. बैकले आव २०७८/ ०७९ मा संथागत सामाजिक उत्तरदायित्व बहन गर्ने क्रममा आर्थिक सहायता प्रदान गर्दा कम्पनी ऐनको दफा १०५ (१) (ग) ले निर्धारण गरेको सीमा भन्दाबढी भएको खर्चलाई अनुमोदन गर्ने

२.यस बैंक तथा अन्य कुनै बैंक तथा वित्तिय संस्था एक आपसमा गाभने, गाभिने तथा प्राप्ति ९एक्विजिशन० गर्न संचालक समितिबाट गठित मर्जर समिति तथा सो ले गरेको कार्य अनुमोदन हुनृ, नयाँ मर्जर समिति गठन गर्न, मर्जर तथा प्राप्तिको सन्दर्भमा डिडिए नियुक्ति गर्ने, निजलाई भुक्तानी गर्न पारिक्षमिक तोक्ने लगायतका प्रकृया अबलम्बन गरी अन्य कुनै बैंक तथा बित्तिय संस्थालाई एक आपसमा गाभ्ने, गाभिने तथा प्राप्ति गर्नका लागि संचालक समितिलाई आवश्यक सम्पूर्ण अख्तियारी प्रदान गर्ने ।

ग. विविध