NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख १७ गते

त्रिविलाई पनि सोध्यो निर्वाचन आयोगले स्पष्टीकरण

काठमाडौं । निर्वाचन आयोगले निर्वाचन आचारसंहिताविपरीतका कार्य गरेपछि त्रिभुवन विश्वविद्यालयलाई पनि स्पष्टीकरण सोधेको छ ।

विश्वविद्यालयको जनस्वास्थ्य केन्द्रीय विभाग र चिकित्सा शिक्षा शास्त्र अध्ययन संस्थानले नयाँ पद सिर्जना गर्ने, रिक्त पद पूर्ति गर्ने, भत्ता वृद्धि गर्नेलगायत निर्णय गरेपछि आयोगले स्पष्टीकरणपत्र काटेको हो । उसले करार सेवामा पदपूर्ति प्रक्रिया नियमित प्रक्रिया हो कि होइन भन्ने प्रश्न पनि गरेको छ ।

स्पष्टीकरणपत्रमा आयोगलाई जानकारी गराई विश्वविद्यालय सेवा आयोग र शिक्षक सेवा आयोगको नियमित रूपमा हुने पदपूर्तिसम्बन्धी कारबाही गर्न बाधा नहुनेबाहेकका गतिविधि नगर्न भनिएको छ ।