मोबाइलबाटै पेन ड्राइभलाई लक गर्न सकिने

काठमाडाैं । फोटो, भिडियो, महत्त्वपूर्ण डाटा र सफ्टवेयर पेन ड्राइभमा राख्ने गरिन्छ । आवश्यक परेको खण्डमा खोलेर हेर्न र प्रयोगमा ल्याउने गरिन्छ ।
पेन ड्राइभ साइज निकै सानो हुन्छ । यो सानो भएकाले कतै हराउने डर पनि हुन्छ । कतै हराएको खण्डमा र कसैले भेटेको अवस्थामा यसभित्र रहेको महत्त्वपूर्ण डाटा, या गोप्य कुरा अरूको हातमा हुन सक्छ । यसैले हराउने अवस्थामा पनि यसबाट हुने खतराबाट बच्न धेरैले पेन ड्राइभ लक गरेर राख्छन् । पेन ड्राइभमा पासवर्ड र पिन दुवै प्रयोग गर्न सकिन्छ ।
हामीले कम्प्युटर वा ल्यापटपबाट पेन ड्राइभमा पासवर्ड र पिन सेट गर्दै आएका छौँ । धेरैलाई स्मार्टफोनबाट पनि पेन ड्राइभ लक गर्न सकिन्छ भन्नेबारे थाहा नहुन सक्छ । यसका लागि गुगल प्ले स्टोरबाट एप इन्स्टल गरेर केही सर्त पालना गरेर पेन ड्राइभ लक गर्न सकिन्छ ।
यस्तो छ मोबाइलबाटै पेन ड्राइभ लक गर्ने टिप्स :
१. पेन ड्राइभ लक युएसबी लककिट एप प्लेस्टोरबाट डाउनलोड गर्ने
२. मोबाइल फोनमा ओटिजी केबल जोड्ने
३. युएसबी लककिट एपमामा, पेन ड्राइभमा क्लक गर्ने र ओकेमा क्लिक गर्ने ।
४. लक गर्नको लागि कम्तीमा ६ वटा पिन हाल्ने ।
५. एकपटक फेरी पहिले हालेको पिन हालेर कन्फर्म गर्ने ।
६. यसपछि ओकेमा क्लिक गरेपछि पेन ड्राइभ लक हुन्छ ।
पेन ड्राइभ अनलक कसरि गर्ने ?
१. पेन ड्राइभ अनलक गर्नको लागि पनि युएसबी लककिटकै एप प्रयोग गर्नुपर्छ ।
२. ओटिजी केबललाई स्मार्ट फोनमा जडान गरेपछि युएसपी लककिट एप खोल्ने
३. अनलक मा क्लिक गर्ने
४. अनलकमा क्लिक गरेपछि ६ अंकको पिन हाल्ने ।
५. फेरि ६ अंकको पिन हालेर गरेर यसलाई अनलक गर्ने
प्रतिक्रिया