एमाले अध्यक्ष ओली अस्वस्थ, सम्पूर्ण भेटघाट र कार्यक्रम स्थगित
काठमाडौं । एमाले अध्यक्ष केपी शर्मा ओली अस्वस्थ भएका छन् । चुनावी प्रचारका लागि गृह जिल्ला झापा पुगेका ओली अस्वस्थ भएका हुन् ।
नेकपा एमाले झापाका नेता हिक्मत कार्कीका अनुसार, ओलीलाई रुघाखोकीसँगै ज्वरो आएको छ । स्वास्थ्यमा समस्या आएपछि सम्पूर्ण कार्यक्रम र भेटघाट बन्द गरेर ओली दमक–९ स्थित निवासमा आराम गरी बसेका छन् ।
प्रेस चौतारी झापाले मंगलबार साँझलाई राखेको पत्रकार सम्मेलन ओली अस्वस्थ भएपछि स्थगित हुन पुगेको छ ।
आगामी मंसिर ४ मा हुन गइरहेको प्रतिनिधिसभा निर्वाचनका लागि ओली झापा–५ बाट उम्मेदवार बनेका छन् । चुनावी अभियानका लागि उनी आजै मात्रै झापा पुगेका थिए । उनी बिहीबारसम्म त्यहाँ रहने कार्यक्रम छ ।
ताजा अपडेट
-
लुम्बिनी प्रदेशमा मन्त्रिपरिषद् पुनर्गठन: पाँच नयाँ मन्त्री थपिए, जेठ २५ गते शपथ
-
एसियाली छनोटः समूह विजेता बन्ने लक्ष्यसहित आज मलेसियाविरुद्ध भिड्दै नेपाल
-
केही हिमाली तथा पहाडी भूभागमा वर्षाको सम्भावना, तराईमा गर्मी बढ्ने
-
पर्यटकीयस्थल नगरकोट : सीमाङ्कनको प्रक्रिया बीचमै छाडियो
-
अमेरिकी आक्रमणपछि इरान-अमेरिका तनाव थप चर्कियो


प्रतिक्रिया