एमाले अध्यक्ष ओली अस्वस्थ, सम्पूर्ण भेटघाट र कार्यक्रम स्थगित
काठमाडौं । एमाले अध्यक्ष केपी शर्मा ओली अस्वस्थ भएका छन् । चुनावी प्रचारका लागि गृह जिल्ला झापा पुगेका ओली अस्वस्थ भएका हुन् ।
नेकपा एमाले झापाका नेता हिक्मत कार्कीका अनुसार, ओलीलाई रुघाखोकीसँगै ज्वरो आएको छ । स्वास्थ्यमा समस्या आएपछि सम्पूर्ण कार्यक्रम र भेटघाट बन्द गरेर ओली दमक–९ स्थित निवासमा आराम गरी बसेका छन् ।
प्रेस चौतारी झापाले मंगलबार साँझलाई राखेको पत्रकार सम्मेलन ओली अस्वस्थ भएपछि स्थगित हुन पुगेको छ ।
आगामी मंसिर ४ मा हुन गइरहेको प्रतिनिधिसभा निर्वाचनका लागि ओली झापा–५ बाट उम्मेदवार बनेका छन् । चुनावी अभियानका लागि उनी आजै मात्रै झापा पुगेका थिए । उनी बिहीबारसम्म त्यहाँ रहने कार्यक्रम छ ।
ताजा अपडेट
-
कोप-३१ मा नेपालको प्राथमिकता: जलवायु न्याय, अनुकूलन र हानि-नोक्सानी
-
वर्षमा एक दिन खुल्ने तलेजु भवानी मन्दिर भोलि सर्वसाधारणका लागि खुला
-
ओमानलाई हराउँदै नेपालले जोगायो ओडीआई मान्यता
-
चाडपर्व लक्षित सीमा सुरक्षामा सशस्त्र प्रहरीको सक्रियता, सुनसरीमा गस्ती तथा निगरानी तीव्र
-
एनपीएलमा एक्स्ट्रीमको रौनक, सात टिमको स्पेशल क्यान सबैको हातमा


प्रतिक्रिया