रग्बीमा आर्मी, एपीएफ र लुम्बिनी फाइनलमा
पोखरा । नवौं राष्ट्रिय खेलकुद प्रतियोगिताअन्तर्गत लेखनाथस्थित भण्डारढिक खेल मैदानमा आज रग्बीका सेमिफाइनल चरणका खेलहरू सम्पन्न भएका छन् ।
पुरुषतर्फको सेमिफाइनलमा विभागीय टिम नेपाल आर्मीलाई ५–० अङ्कले पराजीत गर्दै लुम्बिनी प्रदेश फाइनलमा प्रवेश गरेको छ भने गण्डकी प्रदेशलाई १७–७ को फराकिलो अन्तरले पराजीत गर्दै सशस्त्र प्रहरीको विभागीय टिम एपीएफले फाइनलको यात्रा तय गरेको छ ।
यस्तै महिलातर्फको खेलमा आर्मीले मधेस प्रदेशलाई १७–५ अङ्कले पराजीत गर्दै फाइनलमा प्रवेश गरेको छ भने एपीएफले सुदुरपश्चिम प्रदेशलाई १०–० अङ्कको अन्तरले पराजीत गर्दै फाइनलमा पुग्न सफल भएको छ ।
प्रतियोगिताको तेस्रो स्थानका लागि पुरुषतर्फ आर्मी र गण्डकी प्रदेश भिड्ने छन् भने महिलातर्फ मधेस प्रदेश र सुदूरपश्चिम प्रदेश भिड्ने छन् ।
आर्मी र लुम्बिनी प्रदेशबीचको खेल चलिरहँदा आर्मीका खेलाडीले हाई ट्याकल गरेपछि एल्लो कार्ड पाएका थिए । एल्लो कार्डको विषयमा भएको विवादका कारण दिउँसो केहीबेर खेल अवरुद्धसमेत भएको थियो ।
अफिसियलहरूसँगको छलफलपछि खेल पुनः सञ्चालन भएको थियो । फाइनल चरणका खेलहरू बुधबार हुनेछन् ।
ताजा अपडेट
-
नयाँ बसपार्कसहित उपत्यकाका विभिन्न नाकामा यात्रुको चाप बढ्यो
-
सरकारकै तर्फबाट विन्ध्यवासिनीमा विधिपूर्वक भित्राइयो फूलपाती
-
कांग्रेस महाधिवेशनमा गगन थापालाई सर्वाधिक मत, टप टेनमा को–को परे ?
-
दसैँमा अस्पतालका आकस्मिक र शल्यक्रिया सेवा नियमित राख्न निर्देशन
-
दसैँ मनाउनुहोस्, तर मुटु जोगाउनुहोस्ः वरिष्ठ मुटुरोग विशेषज्ञ डा लम्साल


प्रतिक्रिया