भत्काइने भयो १३१ जनाको ज्यान गएको इण्डोनेसियाको रंगशाला

काठमाडौं (एजेन्सी) । इन्डोनेसियाले कन्जरुहान रंगशाला भत्काउने घोषणा गरेको छ ।
राष्ट्रपति जोको विडोडोले कन्जरुहान रंगशाला फिफाको नियमअनुसार पुनर्निर्माण गरिने बताए ।
राष्ट्रपति विडोडोले हालै फिफा अध्यक्ष जियानी इन्फान्टिनोसँगको भेटेका थिए । उनीसँगको भेट लगत्तै विडोडोले रंगशाला भत्काउने घोषणा गरेका हुन् ।
यसै महिना आयोजित एक फुटबल खेलमा भागदौड हुँदा यो रंगशालामा कम्तीमा १३१ जनाको मृत्यु हुनुका साथै सयौं घाइते भएका थिए ।
उनले फुटबलको व्यवस्थापन गर्ने तरिका देशले पूर्ण रूपमा परिवर्तन गर्नुपर्ने पनि बताए ।
इन्डोनेसियाले २०२३ मा हुने यू–२० विश्वकप आयोजना गर्ने तयारी गरेको छ । यही कारण पनि इण्डोनेसियामाथि आफ्नो रंगशाला सुरक्षित रहेको देखाउनुपर्ने दबाब छ ।
फिफा प्रमुखले फुटबल खेल हेर्ने दर्शकलाई सुरक्षाको प्रत्याभूति दिलाइने बताए ।
ताजा अपडेट
-
११ महिनामा १५ खर्ब ३२ अर्ब रेमिट्यान्स भित्रियो
-
रास्वपा र राप्रपाद्वारा आज पनि संसद् बैठक बहिष्कार
-
ल्हेन्दे खोला बाढी: तीन प्रहरीसहित १८ जना बेपत्ता, उद्धारका लागि हेलिकोप्टर घटनास्थलमा
-
सुरक्षा समिति र विपद प्राधिकरणको बैठक बोलाइयो
-
दराजको ७.७ ‘ह्वाट द फ्ल्याश’ सेल : ७० प्रतिशतसम्म छुट, नि:शुल्क डेलिभरी
प्रतिक्रिया