भत्काइने भयो १३१ जनाको ज्यान गएको इण्डोनेसियाको रंगशाला
काठमाडौं (एजेन्सी) । इन्डोनेसियाले कन्जरुहान रंगशाला भत्काउने घोषणा गरेको छ ।
राष्ट्रपति जोको विडोडोले कन्जरुहान रंगशाला फिफाको नियमअनुसार पुनर्निर्माण गरिने बताए ।
राष्ट्रपति विडोडोले हालै फिफा अध्यक्ष जियानी इन्फान्टिनोसँगको भेटेका थिए । उनीसँगको भेट लगत्तै विडोडोले रंगशाला भत्काउने घोषणा गरेका हुन् ।
यसै महिना आयोजित एक फुटबल खेलमा भागदौड हुँदा यो रंगशालामा कम्तीमा १३१ जनाको मृत्यु हुनुका साथै सयौं घाइते भएका थिए ।
उनले फुटबलको व्यवस्थापन गर्ने तरिका देशले पूर्ण रूपमा परिवर्तन गर्नुपर्ने पनि बताए ।
इन्डोनेसियाले २०२३ मा हुने यू–२० विश्वकप आयोजना गर्ने तयारी गरेको छ । यही कारण पनि इण्डोनेसियामाथि आफ्नो रंगशाला सुरक्षित रहेको देखाउनुपर्ने दबाब छ ।
फिफा प्रमुखले फुटबल खेल हेर्ने दर्शकलाई सुरक्षाको प्रत्याभूति दिलाइने बताए ।
ताजा अपडेट
-
नयाँ बसपार्कसहित उपत्यकाका विभिन्न नाकामा यात्रुको चाप बढ्यो
-
सरकारकै तर्फबाट विन्ध्यवासिनीमा विधिपूर्वक भित्राइयो फूलपाती
-
कांग्रेस महाधिवेशनमा गगन थापालाई सर्वाधिक मत, टप टेनमा को–को परे ?
-
दसैँमा अस्पतालका आकस्मिक र शल्यक्रिया सेवा नियमित राख्न निर्देशन
-
दसैँ मनाउनुहोस्, तर मुटु जोगाउनुहोस्ः वरिष्ठ मुटुरोग विशेषज्ञ डा लम्साल


प्रतिक्रिया