सन्तोषीले जितिन् स्वर्ण
काठमाडौं । सन्तोषी श्रेष्ठले नवौं राष्ट्रिय खेलकुद प्रतियोगिताको ५ हजार मिटर दौडमा स्वर्णपदक जितेकी छिन् । वागमती प्रदेशकी सन्तोषीले नेपाल पुलिसकी राजपुरा पछाईलाई पछि पार्दै स्वर्ण पदक हात पारेकी हुन् ।
घाइते भए पनि सन्तोषीले १७ मिनटे ५. २५ सेकेण्डमा दौड पूरा गर्दै स्वर्ण पदक हात पारेकी हुन् । उनले यस अघि यसै प्रतियोगितामा १० हजार मिटरतर्फ पनि स्वर्ण पदक हात पारेकी छिन् । तर बुधबार ५ हजार मिटरमा स्वर्ण पदक जित्दा कीर्तिमान भने बनाउन सकिनन् । पैतालामा चोट बोकेरै उनले दौडमात्र पूरा गरिनन् ।
स्वर्ण नै हात पारिन् । रजत पदक नेपाल पुलिसकी राजपुराले प्राप्त गरिन् । उनले १७ मिनेट १२.५ सेकेण्डमा दौड पूरा गरेकी हुन् । नेपाल आर्मीकी पूर्णलक्ष्मी न्यौपानेले १८ मिनेट ०३.०० सेकेण्डमा दौड पूरा गर्दै कास्य पदक जितिन् ।
ताजा अपडेट
-
नयाँ बसपार्कसहित उपत्यकाका विभिन्न नाकामा यात्रुको चाप बढ्यो
-
सरकारकै तर्फबाट विन्ध्यवासिनीमा विधिपूर्वक भित्राइयो फूलपाती
-
कांग्रेस महाधिवेशनमा गगन थापालाई सर्वाधिक मत, टप टेनमा को–को परे ?
-
दसैँमा अस्पतालका आकस्मिक र शल्यक्रिया सेवा नियमित राख्न निर्देशन
-
दसैँ मनाउनुहोस्, तर मुटु जोगाउनुहोस्ः वरिष्ठ मुटुरोग विशेषज्ञ डा लम्साल


प्रतिक्रिया