स्वास्थ्य राज्यमन्त्री केसीलाई डेंगु संक्रमण, टेकु अस्पताल भर्ना
काठमाडौं । स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री हिराचन्द्र केसीलाई डेंगी संक्रमण भएको छ । संक्रमण पुष्टि भएपछि राज्यमन्त्री केसी मंगलबार टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल भर्ना भएका छन् ।
गत शुक्रबार सामान्य ज्वरो र टाउको दुख्ने समस्या देखिएपछि उनले डेंगु परीक्षण गराएका थिए ।
केसीको स्वास्थ्य अवस्था सामान्य रहेको राज्यमन्त्री केसीका प्रमुख सचिव अमित शर्माले जानकारी दिए ।
ताजा अपडेट
-
कोप-३१ मा नेपालको प्राथमिकता: जलवायु न्याय, अनुकूलन र हानि-नोक्सानी
-
वर्षमा एक दिन खुल्ने तलेजु भवानी मन्दिर भोलि सर्वसाधारणका लागि खुला
-
ओमानलाई हराउँदै नेपालले जोगायो ओडीआई मान्यता
-
चाडपर्व लक्षित सीमा सुरक्षामा सशस्त्र प्रहरीको सक्रियता, सुनसरीमा गस्ती तथा निगरानी तीव्र
-
एनपीएलमा एक्स्ट्रीमको रौनक, सात टिमको स्पेशल क्यान सबैको हातमा


प्रतिक्रिया