दक्षिण कोरियामा कोभिड-१९ सोमबार तुलनामा केही कम
काठमाडाैं । दक्षिण कोरियामा २४ घण्टाअघिको तुलनामा मंगलबार मध्यरातसम्म २९ हजार पाँच सय तीन कोभिड-१९ नयाँ संक्रमित देखिएका छन् । हाल कोरोनाका कुल संक्रमितको संख्या दुई करोड ५१ लाख ९४ हजार एक सय ७७ पुगेको स्वास्थ्य अधिकारीले बुधबार जानकारी दिएका छन् ।
कोरिया रोग नियन्त्रण तथा रोकथाम एजेन्सी (केडिसिए) का अनुसार अघिल्लो दिन ३३ हजार दुई सय ४८ को तुलनामा मङ्गलबार केही कमी अर्थात २९ हजार पाँच सय तीन सङ्क्रमित भएका छन् । गत हप्ताको पुष्टि भएका केसको दैनिक औसत सङ्ख्या २४ हजार ८६ थियो । नयाँ केसमध्ये, ७२ विदेशबाट आयात भएका छन् ।
गम्भिर अवस्थामा रहेका संक्रमितको संख्या अघिल्लो दिनको तुलनामा चारले घटेर दुई सय ४३ पुगेको छ । यस प्रकोपको कारण थप ४३ जनाको मृत्युको पुष्टि भएपछि कुल मृतकको संख्या २८ हजार आठ सय ९९ पुगेको जनाइएको छ । कुल मृत्यु दर ०.११ प्रतिशत रहेको बताइएको छ ।
ताजा अपडेट
-
चाडपर्व लक्षित सीमा सुरक्षामा सशस्त्र प्रहरीको सक्रियता, सुनसरीमा गस्ती तथा निगरानी तीव्र
-
एनपीएलमा एक्स्ट्रीमको रौनक, सात टिमको स्पेशल क्यान सबैको हातमा
-
नवरात्रको नवौँ दिन: शक्तिपीठमा भक्तजनको घुइँचो
-
मासु खाँदा हड्डी अड्किए के गर्ने, के नगर्ने ?
-
गेटामा एमबीबीएस सञ्चालनको अनुमति खारेज गर्न डा. केसीको माग, एक साताको अल्टिमेटम


प्रतिक्रिया