NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख १५ गते

ओलीसँग फोन संवाद गर्न कतिले पठाए नम्बर

काठमाडौं । एमाले अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीसँग संवाद गर्न हजारौं जनताले रुचि देखाएका छन् ।

ओलीले कात्तिक ४ गते जनतासँग ‘कल केपी बा’ अन्तर्गत संवाद गर्दैछन् । यो जानकारी सामाजिक सञ्जालमा पोस्ट् गर्दै उनले आफ्नो फेसबुक पेजको इनबक्समा मोबाइल नम्बर पठाउन आग्रह गरेका थिए ।

ओलीको सचिवालयका अनुसार मंगलबार साँझसम्म २ लाखभन्दा बढीले संवाद गर्ने इच्छा जाहेर गर्दै फेसबुकमा नम्बर पठाएका छन् । उक्त समय कात्तिक ३ गते बिहीबार दिउँसो १२ बजेसम्म तोकिएकाले यो संख्या अझै बढ्ने छ ।

प्रधानमन्त्री ओलीले उत्साहपूर्ण सहभागिताले आफू खुसी भएको बताएका छन् । धेरै नाम आएकाले नाम टिपाउने समय बिहीबार दिउँसो १२ बजेसम्म मात्र निर्धारण गरिएको ओलीले फेसबुकमा लेखेका छन् ।

प्रधानमन्त्री ओलीले उल्लेखनीय काम गर्ने विभिन्न पेसा, व्यवसायका नागरिकसँग यसअघि टेलिफोनमा सम्पर्क गरेर भलाकुसारी गर्ने गरेका थिए । सार्वजनिक रूपमा आह्वान नै गरेर संवाद गर्न लागेको भने यो पहिलोपटक हो ।

ओलीले लाइभ डिबेटमा आउन कांग्रेस सभापति शेरबहादुर देउवालाई आह्वान पनि गरेका छन् । ओलीको यस्तो प्रस्तावमा देउवाले भने अहिलेसम्म कुनै प्रतिक्रिया जनाएका छैनन् ।