टक्सार विभागमा सुनका सिक्का र असर्फी किन्नेको भीड, आइतबारसम्म किन्न पाइने
काठमाडाैं । नेपाल राष्ट्र बैंकले आजदेखि तिहार लक्षित सुनका सिक्का, असर्फी तथा टक्सारहरुको बिक्री वितरण सुरु गरेको छ । बिक्री वितरण सुरु भएसँगै बबरमहलस्थित टक्सार विभागमा सुनका सिक्का, असर्फी किन्नेको भीड लागेको छ ।
राष्ट्र बैंकका अनुसार सिक्का, असर्फीको बिक्री वितरण आगामी आइतबारसम्म जारी रहने छ ।
राष्ट्र बैंकका अनुसार गत वर्षहरूमा जस्तै यसपटक पनि बैंकले २.५ ग्रामका, ५ ग्रामका र १० ग्रामका सुनको सिक्का सर्वसाधारणलाई उपलब्ध गराएको छ । त्यस्तै १००० अंकित चाँदीको सिक्का समेत उपलब्ध गराएको छ ।
तिहारको धनतेरसका दिन सुनका सिक्का, असर्फी तथा टक्सारहरु गृह प्रवेश गराउँदा ठूलो धन वृद्धि हुने जनविश्वास छ ।
ताजा अपडेट
-
बाढीपछि पर्यटन क्षेत्रको पुनरुत्थानका लागि सरकार र निजी क्षेत्रबीच सहकार्य
-
संयुक्त राष्ट्रसङ्घले नेपाललाई चार करोड ९६ लाख अमेरिकी डलर सहयोग गर्ने
-
रसुवा बाढी : १२ सय ९५ शव फेला, झन्डै पाँच हजार अझै बेपत्ता
-
जनकपुरका राजगुठीअन्तर्गतका पोखरी अतिक्रमण हटाउने दोस्रो चरणको प्रक्रिया शुरु, ७ दिने सार्वजनिक सूचना जारी
-
श्रीराम न्यौपानेको गुनासो– फसेकाको छिट्टै उद्धार गर्न खोज्दा हामीमाथि आक्रमण भो


प्रतिक्रिया