टक्सार विभागमा सुनका सिक्का र असर्फी किन्नेको भीड, आइतबारसम्म किन्न पाइने
काठमाडाैं । नेपाल राष्ट्र बैंकले आजदेखि तिहार लक्षित सुनका सिक्का, असर्फी तथा टक्सारहरुको बिक्री वितरण सुरु गरेको छ । बिक्री वितरण सुरु भएसँगै बबरमहलस्थित टक्सार विभागमा सुनका सिक्का, असर्फी किन्नेको भीड लागेको छ ।
राष्ट्र बैंकका अनुसार सिक्का, असर्फीको बिक्री वितरण आगामी आइतबारसम्म जारी रहने छ ।
राष्ट्र बैंकका अनुसार गत वर्षहरूमा जस्तै यसपटक पनि बैंकले २.५ ग्रामका, ५ ग्रामका र १० ग्रामका सुनको सिक्का सर्वसाधारणलाई उपलब्ध गराएको छ । त्यस्तै १००० अंकित चाँदीको सिक्का समेत उपलब्ध गराएको छ ।
तिहारको धनतेरसका दिन सुनका सिक्का, असर्फी तथा टक्सारहरु गृह प्रवेश गराउँदा ठूलो धन वृद्धि हुने जनविश्वास छ ।
ताजा अपडेट
-
कोप-३१ मा नेपालको प्राथमिकता: जलवायु न्याय, अनुकूलन र हानि-नोक्सानी
-
वर्षमा एक दिन खुल्ने तलेजु भवानी मन्दिर भोलि सर्वसाधारणका लागि खुला
-
ओमानलाई हराउँदै नेपालले जोगायो ओडीआई मान्यता
-
चाडपर्व लक्षित सीमा सुरक्षामा सशस्त्र प्रहरीको सक्रियता, सुनसरीमा गस्ती तथा निगरानी तीव्र
-
एनपीएलमा एक्स्ट्रीमको रौनक, सात टिमको स्पेशल क्यान सबैको हातमा


प्रतिक्रिया