NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ जेठ ५ गते

बलियो श्रीलंकालाई हराएको नामिबिया युएईसँग निराश हुँदा नेदरल्याण्डसलाई चिठ्ठा

काठमाडौं । श्रीलंकालाई सनसनीपूर्ण रुपमा हराएर चर्चामा आएको नामिबिया युएईसँग पराजित हुँदा नेदरल्याण्डसलाई टी २० विश्वकपमा सुपर १२ को ढोका खुलेको छ ।

श्रीलंकालाई फराकिलो अन्तरले पराजित गरेर रनरेट राम्रो बनाएको नामिबियाले युएईलाई पराजित गर्न सकेको मात्रै भए पनि आफूलाई सुपर १२ मा पुर्याउथ्यो ।

तर १४९ रनको लक्ष्य पछ्याएको नामिबियाले युएईसलाई नतिजा सुम्पिएको हो । जितनजिक पुगे पनि नामिबिया सात रनले पराजित हुन पुग्यो । १९.४ ओभरमा ५५ रन रन बनाएर खेलिरहेका नामिबियाका डेभिड वाइज बाउन्ड्रीमा समातिएपछि युएई जितसम्म पुगेको हो । त्यो बल छक्का भएको भए नामिबियालाई दुई बलमा दुई रन आवश्यक हुन्थ्यो ।

जसले नतिजा नामिबियाको पक्षमा आउन सक्थ्यो । तर बाउन्ड्रीमा महम्मद वासिमको बलिङमा सराफुले क्याच लिएपछि नेदरल्याण्डस श्रीलंकासँगै सुपर १२ मा पुग्यो । जसले श्रीलंकासँग हारेको नेदरल्याण्डसलाई सुपर १२ को ढोका खुलेको हो ।

श्रीलंका तीन खेलबाट चार अंकसहित रनरेटमा पहिलो हुँदै सुपर १२ मा प्रवेश गरेको छ । युएईको जितसँगै चार अंक नै जोडेको नेदरल्याण्डसले पनि सुपर १२ को टिकट पक्का गरेको छ ।

ताजा अपडेट

नेपालवाच विशेष