बलियो श्रीलंकालाई हराएको नामिबिया युएईसँग निराश हुँदा नेदरल्याण्डसलाई चिठ्ठा
काठमाडौं । श्रीलंकालाई सनसनीपूर्ण रुपमा हराएर चर्चामा आएको नामिबिया युएईसँग पराजित हुँदा नेदरल्याण्डसलाई टी २० विश्वकपमा सुपर १२ को ढोका खुलेको छ ।
श्रीलंकालाई फराकिलो अन्तरले पराजित गरेर रनरेट राम्रो बनाएको नामिबियाले युएईलाई पराजित गर्न सकेको मात्रै भए पनि आफूलाई सुपर १२ मा पुर्याउथ्यो ।
तर १४९ रनको लक्ष्य पछ्याएको नामिबियाले युएईसलाई नतिजा सुम्पिएको हो । जितनजिक पुगे पनि नामिबिया सात रनले पराजित हुन पुग्यो । १९.४ ओभरमा ५५ रन रन बनाएर खेलिरहेका नामिबियाका डेभिड वाइज बाउन्ड्रीमा समातिएपछि युएई जितसम्म पुगेको हो । त्यो बल छक्का भएको भए नामिबियालाई दुई बलमा दुई रन आवश्यक हुन्थ्यो ।
जसले नतिजा नामिबियाको पक्षमा आउन सक्थ्यो । तर बाउन्ड्रीमा महम्मद वासिमको बलिङमा सराफुले क्याच लिएपछि नेदरल्याण्डस श्रीलंकासँगै सुपर १२ मा पुग्यो । जसले श्रीलंकासँग हारेको नेदरल्याण्डसलाई सुपर १२ को ढोका खुलेको हो ।
श्रीलंका तीन खेलबाट चार अंकसहित रनरेटमा पहिलो हुँदै सुपर १२ मा प्रवेश गरेको छ । युएईको जितसँगै चार अंक नै जोडेको नेदरल्याण्डसले पनि सुपर १२ को टिकट पक्का गरेको छ ।
ताजा अपडेट
-
कराते टोली जापान प्रस्थान, खेलाडीलाई विमानस्थलको ‘भिआइपी’ सुविधा
-
बाढीपछि पर्यटन क्षेत्रको पुनरुत्थानका लागि सरकार र निजी क्षेत्रबीच सहकार्य
-
संयुक्त राष्ट्रसङ्घले नेपाललाई चार करोड ९६ लाख अमेरिकी डलर सहयोग गर्ने
-
रसुवा बाढी : १२ सय ९५ शव फेला, झन्डै पाँच हजार अझै बेपत्ता
-
जनकपुरका राजगुठीअन्तर्गतका पोखरी अतिक्रमण हटाउने दोस्रो चरणको प्रक्रिया शुरु, ७ दिने सार्वजनिक सूचना जारी


प्रतिक्रिया