सुपर १२ मा पुग्ने रोमाञ्चक समीकरणमा वेस्ट इण्डिजले दियो आयरल्याण्डलाई १४७ रनको लक्ष्य

काठमाडौं । टी २० विश्वकपकाे सुपर १२ मा पुग्ने रोमाञ्चक समीकरणमा वेस्ट इण्डिजले आयरल्याण्डलाई १४७ रनको लक्ष्य दिएको छ ।
टस जितेर पहिले ब्याटिङ रोजेको वेस्ट इण्डिजले २० ओभरमा ५ विकेट गुमाउँदा १४६ रन जोडेको हो । मध्यम लक्ष्य भएकोले आयरल्याण्डलाई यो लक्ष्य पछ्याउन कठिन पनि छैन । तर वेस्ट इण्डिज अनुभवी टोली हुँदा यसको फाइदा उठाउन सक्नेछ ।
ग्रुप बीबाट दुईवटा टोली सुपर १२ मा पुग्नेछन् । तर दुई खेल सकिंदा चारवटै टोली प्रत्येकले २/२ अंक जोडेका छन् ।
यस्तोमा वेस्ट इण्डिज र आयरल्याण्डबीच जसले जित्छ सोही टोली सुपर १२ मा पुग्नेछ । त्यस्तै स्कटल्याण्ड र जिम्बाबेबीचको विजेता पनि सुपर १२ मा पुग्नेछ ।
एक दिन दिन श्रीलंका र नेदरल्याण्डस् सुपर १२ मा पुगेका थिए ।
ताजा अपडेट
-
रोनाल्डो फिफा क्लब विश्वकपमा सहभागी नहुने
-
गण्डकी प्रदेश सभामा नीति तथा कार्यक्रममाथि छलफल
-
अमेरिकासँगको करसम्बन्धी वार्तामा ‘प्रगति’, सम्झौता हुन बाँकी : जापान
-
आर्थिक अभावले उपचार नपाउने अवस्थाको अन्त्य हुनुपर्छ : प्रधानमन्त्री
-
अमेरिकी भन्सार शुल्कवृद्धि अन्तर्राष्ट्रिय मापदण्डविरुद्ध’
प्रतिक्रिया