आयोगले उम्मेदवारी खारेज गरेका गुरुङको मुद्दा रेग्मी र खतिवडाको इजलासमा

काठमाडौं । बैकिङ कसुरमा कालो सूचीमा रहेपछि निर्वाचन निर्वाचन अधिकृतको कार्यालयले खारेज गरेको राजु गुरुङको उम्मेदवारीको विषय सर्वोच्च अदालतसम्म पुगेको छ । गुरुङ सत्ता गठबन्धनका साझा उम्मेदवार हन् । तर उम्मेदवारी खारेज भएपछि उनी सर्वोच्च अदालत गएका थिए ।
उनले दिएको रिट कुमार रेग्मी र ईश्वरप्रसाद खतिवडाको इजलासमा परेको छ । यस अघि नै अदालतले गुरुङको उम्मेदवारी खारेज नगर्न अल्पकालीन आदेश दिइसकेको छ । यसैले अदालतले अब गर्ने फैसलाले गुरुङ उम्मेदवार हुन पाउने वा नपाउने विषयमा टुंगो लाग्छ ।
सर्वोच्चले अल्पकालीन आदेशलाई नै सदर गरे गुरुङले प्रतिस्पर्धा गर्न पाउँनेछन् । अन्यथा एमाले उम्मेदवार विष्णु पौडेलललाई रुपन्देही २ बाट चुनाव जित्न कठिन हुनेछैन । किनकी गठबन्धनको उम्मेदवार नहुँदा उनल सहजै चुनाव जित्न सक्नेछन् ।
अब न्यायाधीशद्वयको इजलासपछि आउने फैसलाले विषयलाई प्रष्ट्याउनेछ । बैकिङ कसुरमा विवादास्पद दखिएपछि आयोगको कार्यालयले उनको उम्म्मेदवारी खारेज गरेको हो ।
ताजा अपडेट
-
सहकारीका बचतकर्ताको पौने चार अर्ब फिर्ता
-
प्रमुख प्रशासकीय अधिकृतसहित ६ जनाविरुद्ध भ्रष्टाचार मुद्दा
-
समयमै मल र बीउ पुर्याउने गरी कानुन बनाउन लागेका छौँ : कृषि मन्त्री अधिकारी
-
कर्णाली करिडोरलाई चीन र भारतसँगको व्यापारिक मार्गका रुपमा अघि बढाइन्छ : प्रधानमन्त्री ओली
-
शिक्षा विधेयकमा सहमति जुटाउन सरकारलाई पाँच दिनको समय
प्रतिक्रिया