आयोगले उम्मेदवारी खारेज गरेका गुरुङको मुद्दा रेग्मी र खतिवडाको इजलासमा
काठमाडौं । बैकिङ कसुरमा कालो सूचीमा रहेपछि निर्वाचन निर्वाचन अधिकृतको कार्यालयले खारेज गरेको राजु गुरुङको उम्मेदवारीको विषय सर्वोच्च अदालतसम्म पुगेको छ । गुरुङ सत्ता गठबन्धनका साझा उम्मेदवार हन् । तर उम्मेदवारी खारेज भएपछि उनी सर्वोच्च अदालत गएका थिए ।
उनले दिएको रिट कुमार रेग्मी र ईश्वरप्रसाद खतिवडाको इजलासमा परेको छ । यस अघि नै अदालतले गुरुङको उम्मेदवारी खारेज नगर्न अल्पकालीन आदेश दिइसकेको छ । यसैले अदालतले अब गर्ने फैसलाले गुरुङ उम्मेदवार हुन पाउने वा नपाउने विषयमा टुंगो लाग्छ ।
सर्वोच्चले अल्पकालीन आदेशलाई नै सदर गरे गुरुङले प्रतिस्पर्धा गर्न पाउँनेछन् । अन्यथा एमाले उम्मेदवार विष्णु पौडेलललाई रुपन्देही २ बाट चुनाव जित्न कठिन हुनेछैन । किनकी गठबन्धनको उम्मेदवार नहुँदा उनल सहजै चुनाव जित्न सक्नेछन् ।
अब न्यायाधीशद्वयको इजलासपछि आउने फैसलाले विषयलाई प्रष्ट्याउनेछ । बैकिङ कसुरमा विवादास्पद दखिएपछि आयोगको कार्यालयले उनको उम्म्मेदवारी खारेज गरेको हो ।
ताजा अपडेट
-
अमेरिकी आक्रमणपछि इरान-अमेरिका तनाव थप चर्कियो
-
प्रतिनिधिसभाको शिक्षा समितिद्वारा पाँच विषयगत उपसमिति गठन
-
इबोला भाइरस रोकथाममा मन्त्रालयको उच्च सतर्कता
-
अध्ययन बिदा दुरुपयोग गरेका ४१ त्रिविका प्राध्यापकबाट दश करोडभन्दा बढी असुल
-
‘भारतीय प्रधानमन्त्री मोदीसँगको भेटवार्ता फलदायी र महत्वपूर्ण’ : रवि लामिछाने


प्रतिक्रिया