आयरल्याण्डसँग पराजित भएपछि सुपर १२ मै नपुगी बाहिरियो वेस्ट इण्डिज
काठमाडौं । वेस्ट इण्डिज टी २० विश्वकपको सुपर १२ मै नपुगी बाहिरिएको छ । आयरल्याण्डसँग ९ विकेटले पराजित भएपछि वेस्ट इण्डिज बाहिरिएको हो ।
जित्नैपर्ने खेलमा वेस्ट इण्डिजले टस जितेर पहिले ब्याटिङ गर्दै १४६ रन बनाएको थियो । तर आयरल्याण्डले यो मध्यम लक्ष्य एक विकेट क्षतिमा १८ औं ओभरमा पूरा गर्यो ।
जितसँगै चार अंकसहित आयरल्याण्ड सुपर १२ मा पुगेको छ ।
वेस्ट इण्डिज स्कटल्याण्डसँग पनि ४२ रनले पराजित भएको थियो । जिम्बावेलाई भने ३१ रनले हराएको थियो ।
अब जिम्बावे र स्कटल्याण्डबीचको विजेता पनि सुपर १२ मा पुग्नेछ ।
ताजा अपडेट
-
नयाँ बसपार्कसहित उपत्यकाका विभिन्न नाकामा यात्रुको चाप बढ्यो
-
सरकारकै तर्फबाट विन्ध्यवासिनीमा विधिपूर्वक भित्राइयो फूलपाती
-
कांग्रेस महाधिवेशनमा गगन थापालाई सर्वाधिक मत, टप टेनमा को–को परे ?
-
दसैँमा अस्पतालका आकस्मिक र शल्यक्रिया सेवा नियमित राख्न निर्देशन
-
दसैँ मनाउनुहोस्, तर मुटु जोगाउनुहोस्ः वरिष्ठ मुटुरोग विशेषज्ञ डा लम्साल


प्रतिक्रिया