NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ जेठ ५ गते

आयरल्याण्डसँग पराजित भएपछि सुपर १२ मै नपुगी बाहिरियो वेस्ट इण्डिज

काठमाडौं । वेस्ट इण्डिज टी २० विश्वकपको सुपर १२ मै नपुगी बाहिरिएको छ । आयरल्याण्डसँग ९ विकेटले पराजित भएपछि वेस्ट इण्डिज बाहिरिएको हो ।

जित्नैपर्ने खेलमा वेस्ट इण्डिजले टस जितेर पहिले ब्याटिङ गर्दै १४६ रन बनाएको थियो । तर आयरल्याण्डले यो मध्यम लक्ष्य एक विकेट क्षतिमा १८ औं ओभरमा पूरा गर्यो ।

जितसँगै चार अंकसहित आयरल्याण्ड सुपर १२ मा पुगेको छ ।

वेस्ट इण्डिज स्कटल्याण्डसँग पनि ४२ रनले पराजित भएको थियो । जिम्बावेलाई भने ३१ रनले हराएको थियो ।

अब जिम्बावे र स्कटल्याण्डबीचको विजेता पनि सुपर १२ मा पुग्नेछ ।

ताजा अपडेट

नेपालवाच विशेष