स्कटल्याण्डले दियो जिम्बावेलाई १३३ रनको लक्ष्य
काठमाडौं । टी २० विश्वकपमा स्कटल्याण्डले जिम्बावेलाई १३३ रनको लक्ष्य दिएको छ । सुपर–१२ प्रवेशको निर्णायक खेलमा स्कटल्याण्डले जिम्बावेलाई सामान्य लक्ष्य दिएको हो ।
यो खेलमा जित्ने टोली सुपर–१२ मा प्रवेश गर्नेछ । याे खेलकाे नतिजासँगै सुपर-१२ काे समीकरण पूरा हुन्छ । स्कटल्याण्डले २० ओभरमा ६ विकेट गुमाएर १३२ रनमात्रै बनाउन सकेको हो ।
आजै भएको खेलमा आयरल्याण्डले वेस्ट इण्डिजलाई पराजित गर्दै सुपर–१२ को सिट पक्का गरेको थियो । वेस्ट इण्डिज दुईपटक टी २० को विजेता टिम हो । तर यसपटक उ सुपर–१२ मा पनि प्रवेश गर्न सकेन ।
स्कटल्याण्डले बलियो वेस्ट इण्डिजलाई ४२ रनले पराजित गरेर सनसनी मच्याएको थियो ।
ताजा अपडेट
-
अमेरिकी संसदद्वारा ट्रम्पलाई इरानमा सैन्य कारवाही विस्तार गर्नबाट रोक्ने प्रस्ताव पारित
-
हुलाकमार्फत घरघरमै राहदानी
-
यस्तो छ आजका लागि कृषि उपजको थोक मूल्य
-
ट्राफिक कारबाहीमा एकै दिन २२ लाख ७६ हजार राजस्व संकलन
-
परराष्ट्रमन्त्री खनाल शनिबारदेखि तीनदिने औपचारिक भ्रमणमा भारत जाँदै


प्रतिक्रिया