NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ जेठ ५ गते

स्कटल्याण्डले दियो जिम्बावेलाई १३३ रनको लक्ष्य

काठमाडौं । टी २० विश्वकपमा स्कटल्याण्डले जिम्बावेलाई १३३ रनको लक्ष्य दिएको छ । सुपर–१२ प्रवेशको निर्णायक खेलमा स्कटल्याण्डले जिम्बावेलाई सामान्य लक्ष्य दिएको हो ।

यो खेलमा जित्ने टोली सुपर–१२ मा प्रवेश गर्नेछ । याे खेलकाे नतिजासँगै सुपर-१२ काे समीकरण पूरा हुन्छ । स्कटल्याण्डले २० ओभरमा ६ विकेट गुमाएर १३२ रनमात्रै बनाउन सकेको हो ।

आजै भएको खेलमा आयरल्याण्डले वेस्ट इण्डिजलाई पराजित गर्दै सुपर–१२ को सिट पक्का गरेको थियो । वेस्ट इण्डिज दुईपटक टी २० को विजेता टिम हो । तर यसपटक उ सुपर–१२ मा पनि प्रवेश गर्न सकेन ।

स्कटल्याण्डले बलियो वेस्ट इण्डिजलाई ४२ रनले पराजित गरेर सनसनी मच्याएको थियो ।

ताजा अपडेट

नेपालवाच विशेष