कम्बोडियामा अप्रिलबाट कोभिड-१९ बाट मृत्यु हुनेको संख्या शून्य
कम्बोडिया । कम्बोडियामा अप्रिलदेखि हालसम्म कोभिड-१९ संक्रमणबाट कसैको मृत्यु नभएको प्रधानमन्त्री सम्देच टेको हुनसेनले शुक्रबार बताएका छन् । ‘यो एक सफलता हो र कोभिडविरुद्धको लडाईमा हाम्रो संयुक्त प्रयासको परिणाम हो’ उनले भनेका छन् ।
उनले प्रख्यात अङ्कोर पुरातात्विक निकुञ्जबाट आफ्ना गैरकानुनी भवनहरू सार्न सहमत भएका हजारौं परिवारको भ्रमणका क्रममा गरेको सम्बोधनमा सो कुरा बताएका हुन् ।
दक्षिणपूर्वी एसियाली यस राष्ट्रमा जुनको अन्त्यदेखि दैनिक केसहरू फेला परेका भए तापनि शुक्रबार पहिलो पटक कोभिड १९ संक्रमित शून्य भएको जनाइएको छ । ‘आज, कम्बोडियामा कोभिड १९ संक्रमित एक जना पनि फेला परेन ’ हुनसेनले बताएका छन् ।
यद्यपि अझै कोभिड–१९ बाट मुक्त नभएको र यहाँ अझै ५३ सक्रिय संक्रमित रहेका कम्बोडियाको स्वास्थ्य मन्त्रालयले जनाएको छ । नोमपेन्हमा रहेको एशियन भिजन इन्स्टिच्युटका अधिकारी थोङ मेङडाभिडले महामारीको लडाइमा सफलताको श्रेय राज्यको बलियो नेतृत्व र उच्च खोप दरलाई दिइएको भनेका छन् ।
ताजा अपडेट
-
लुम्बिनी प्रदेशमा मन्त्रिपरिषद् पुनर्गठन: पाँच नयाँ मन्त्री थपिए, जेठ २५ गते शपथ
-
एसियाली छनोटः समूह विजेता बन्ने लक्ष्यसहित आज मलेसियाविरुद्ध भिड्दै नेपाल
-
केही हिमाली तथा पहाडी भूभागमा वर्षाको सम्भावना, तराईमा गर्मी बढ्ने
-
पर्यटकीयस्थल नगरकोट : सीमाङ्कनको प्रक्रिया बीचमै छाडियो
-
अमेरिकी आक्रमणपछि इरान-अमेरिका तनाव थप चर्कियो


प्रतिक्रिया