स्कटल्याण्डलाई हराउँदै जिम्बावे विश्वकपको सुपर–१२ मा
काठमाडौं । स्कटल्याण्डलाई पराजित गर्दै जिम्बावे टी २० विश्वकपको सुपर–१२ मा प्रवेश गरेको छ । १३३ रनको लक्ष्य पछ्याउँदै जिम्बावे सुपर–१२ मा प्रवेश गरेको हो । जिम्बाव ५ विकेटले विजयी भएको हो ।
वेस्ट इण्डिजलाई पराजित गरे पनि स्कटल्याण्ड जिम्बावेसँग रोकिंदा समूह चरणबाटै बाहिरियो । योसँगै सुपर–१२ को समीकरण पूरा भएको छ ।
शुक्रबार नै भएको खेलमा आयरल्याण्डले वेस्ट इण्डिजलाई पराजित गर्दै सुपर–१२ मा स्थान बनाएको थियो । एक दिन अघि श्रीलंका र नेदरल्याण्डस् सुपर–१२ मा पुगेका थिए । अब सुपर १२ मा दुई समूहमा प्रतिस्पर्धा हुनेछ ।
सुपर १२ को ग्रुप १ मा अफगानिस्तान, अष्ट्रेलिया, इंग्ल्याण्ड, न्युजिल्याण्ड, श्रीलंका र आयरल्याण्ड छन् । ग्रुप २ मा बंगलादेश, भारत, नेदरल्याण्डस्, पाकिस्तान, दक्षिण अफ्रिका र जिम्बावे छन् ।
सुपर १२ को पहिलो खेलमा शनिबार अष्ट्रेलिया र न्युजिल्याण्ड भिड्नेछन् ।
ताजा अपडेट
-
नेपाली भूमिमा पुनः पाइला टेक्दै छु, सरकार प्रतिशोधात्मक बन्न सक्छ : शेरबहादुर देउवा
-
शिक्षा-स्वास्थ्यको कर खारेजीको निर्णय सही छ, अब बिजुलीको पनि हटाउनु पर्छ : गगन थापा
-
स्वास्थ्य र शिक्षामा लगाइएको तीन प्रतिशत कर लागू गर्ने निर्णयबाट पछि हट्यो सरकार
-
प्रस्तावित प्रमुख निर्वाचन आयुक्त र आयुक्तहरूको संसदीय सुनुवाइ साउन १२ र १३ गते हुने
-
जनकपुर तनावबारे हर्क साम्पाङको खण्डन : ‘म पुगेकै छैन, भ्रम फैलाइयो’


प्रतिक्रिया