स्कटल्याण्डलाई हराउँदै जिम्बावे विश्वकपको सुपर–१२ मा
काठमाडौं । स्कटल्याण्डलाई पराजित गर्दै जिम्बावे टी २० विश्वकपको सुपर–१२ मा प्रवेश गरेको छ । १३३ रनको लक्ष्य पछ्याउँदै जिम्बावे सुपर–१२ मा प्रवेश गरेको हो । जिम्बाव ५ विकेटले विजयी भएको हो ।
वेस्ट इण्डिजलाई पराजित गरे पनि स्कटल्याण्ड जिम्बावेसँग रोकिंदा समूह चरणबाटै बाहिरियो । योसँगै सुपर–१२ को समीकरण पूरा भएको छ ।
शुक्रबार नै भएको खेलमा आयरल्याण्डले वेस्ट इण्डिजलाई पराजित गर्दै सुपर–१२ मा स्थान बनाएको थियो । एक दिन अघि श्रीलंका र नेदरल्याण्डस् सुपर–१२ मा पुगेका थिए । अब सुपर १२ मा दुई समूहमा प्रतिस्पर्धा हुनेछ ।
सुपर १२ को ग्रुप १ मा अफगानिस्तान, अष्ट्रेलिया, इंग्ल्याण्ड, न्युजिल्याण्ड, श्रीलंका र आयरल्याण्ड छन् । ग्रुप २ मा बंगलादेश, भारत, नेदरल्याण्डस्, पाकिस्तान, दक्षिण अफ्रिका र जिम्बावे छन् ।
सुपर १२ को पहिलो खेलमा शनिबार अष्ट्रेलिया र न्युजिल्याण्ड भिड्नेछन् ।
ताजा अपडेट
-
कोप-३१ मा नेपालको प्राथमिकता: जलवायु न्याय, अनुकूलन र हानि-नोक्सानी
-
वर्षमा एक दिन खुल्ने तलेजु भवानी मन्दिर भोलि सर्वसाधारणका लागि खुला
-
ओमानलाई हराउँदै नेपालले जोगायो ओडीआई मान्यता
-
चाडपर्व लक्षित सीमा सुरक्षामा सशस्त्र प्रहरीको सक्रियता, सुनसरीमा गस्ती तथा निगरानी तीव्र
-
एनपीएलमा एक्स्ट्रीमको रौनक, सात टिमको स्पेशल क्यान सबैको हातमा


प्रतिक्रिया