राजु गुरुङको उम्मेदवारी खारेज हुने सर्वोच्चको आदेशले गठबन्धनलाई झट्का
काठमाडौं । सर्वोच्च अदालतले रुपन्देही २ मा उम्मेदवारी दिएका राजु गुरुङको उम्मेदवारी खारेज गर्न आदेश दिएको छ ।
कुमार रेग्मी र ईश्वरप्रसाद खतिवडाको संयुक्त इजलासले रुपन्देही २ मा नेकपा एसबाट उम्मेदवार बनेका गुरुङको उम्मेदवारी खारेज गर्ने निर्वाचन अधिकृत कार्यालयको निर्णयलाई सदर गरेको हो ।
‘निवेदक राजु गुरुङमा कायम रहेको अयोग्यता निजमा कायम रहेको देखदिँदा निजले प्रतिनिधिसभा सदस्य पदको निर्वाचनमा उम्मेदवार हुन पाउने अवस्था देखिएन’ सवोच्चको आदेशमा उल्लेख छ, ‘कालो सूचीमा नाम कायम रहेका व्यक्तिले उल्लिखित निर्वाचनमा उम्मेदवार हुन नपाउने भएकाले निवेदन माग बमोजिम अन्तरिम आदेश जारी गर्न मिलेन । तसर्थ यस अदालतबाट मिति २०७९ असोज ३० मा जारी भएको अल्तकालीन अन्तरिम आदेशलाई निरन्तरता परिरहन परेन । अरु कानुन बमोजिम गर्नू ।’
कालोसूचीमा नाम समावेश रहनु नै गुरुङ उम्मेदवार बन्न अयोग्य रहेको व्याख्या सर्वोच्चले गरेको हो ।
यसले सत्ता गठबन्धनलाई धक्का लागेको छ । अब एमालेका विष्णु पौडेललाई सहज हुने भएको छ ।
यस अघि सर्वोच्च अदालतले नै तत्काल उम्मेदवारी खारेज नगर्न अल्पकालीन आदेश दिएको थियो ।
तर सर्वोच्चले अन्तरिक आदेशलाई निरन्तरता नदिई कानुन अनुसार गर्नु भन्दै आदेश दिएको हो । कर्जा सूचना केन्द्रको कालोचूचीमा रहेका कारण गुरुङ उम्मेदवार बन्न नपाउने व्याख्या सर्वोच्चको छ ।
निर्वाचन आयोगले उम्मेदवारी खारेज गरेपछि गुरुङ सर्वोच्च अदालत पुगेका थिए ।


ताजा अपडेट
-
यस्तो छ आजका लागि कृषि उपजको थोक मूल्य
-
ट्राफिक कारबाहीमा एकै दिन २२ लाख ७६ हजार राजस्व संकलन
-
परराष्ट्रमन्त्री खनाल शनिबारदेखि तीनदिने औपचारिक भ्रमणमा भारत जाँदै
-
कांग्रेस केन्द्रीय अनुशासन समितिको बैठक बस्दै
-
लुम्बिनी प्रदेशमा मन्त्रिपरिषद् पुनर्गठन: पाँच नयाँ मन्त्री थपिए, जेठ २५ गते शपथ


प्रतिक्रिया