काठमाडौं–८ मा ४० उम्मेदवार प्रतिस्पर्धामा
काठमाडौं । आगामी मङ्सिर ४ गते हुने प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनमा काठमाडौं क्षेत्र नं ८ मा ४० उम्मेदवार चुनावी मैदानमा उत्रिएका छन् ।
काठमाडौं क्षेत्र नं ८ बाट दुई प्रदेशसभा र एक प्रतिनिधिसभा सदस्यका लागि विभिन्न राजनीतिक दलका ३१ र नौ स्वतन्त्र उम्मेदवारी परेको काठमाडौँ जिल्ला निर्वाचन अधिकारी ठाकुरप्रसाद अधिकारीले जानकारी दिए । अधिकारीका अनुसार निर्वाचन क्षेत्र नं ८ प्रदेशसभा १ मा दलका तर्फबाट आठ र स्वतन्त्र उम्मेदवार एक गरी नौ उम्मेदवार छन् । प्रदेशसभा २ मा दलतर्फ सात र स्वतन्त्र पाँच गरी १२ उम्मेदवारी परेको छ ।
क्षेत्र नं ८ को प्रतिनिधिसभा सदस्यका लागि दलका तर्फबाट १६ र स्वतन्त्रबाट तीन गरी १९ जना उम्मेदवार प्रतिस्पर्धामा छन् ।
प्रदेश १ मा ३० हजार ४९ र प्रदेश २ मा २३ हजार ५७ गरी उक्त क्षेत्रमा जम्मा ५३ हजार एक सय ६ मतदाता रहेको अधिकारीले बताए । जम्मा २३ मतदानस्थल रहेको निर्वाचन क्षेत्र नं ८ भित्र ६१ मतदान केन्द्र निर्धारण गरिएको छ ।
उक्त क्षेत्रमा काठमाडौँ महानगरपालिकाका ६ र नागार्जुन नगरपालिकाका दुई वडा समेटिएका छन् । यो क्षेत्रमा काठमाडौँ महानगरपालिकाका १३, १५, १९, २०, २३, २४ र नागार्जुन नगरपालिकाका वडा नं ४ र ५ समेटिएका छन् ।
ताजा अपडेट
-
कराते टोली जापान प्रस्थान, खेलाडीलाई विमानस्थलको ‘भिआइपी’ सुविधा
-
बाढीपछि पर्यटन क्षेत्रको पुनरुत्थानका लागि सरकार र निजी क्षेत्रबीच सहकार्य
-
संयुक्त राष्ट्रसङ्घले नेपाललाई चार करोड ९६ लाख अमेरिकी डलर सहयोग गर्ने
-
रसुवा बाढी : १२ सय ९५ शव फेला, झन्डै पाँच हजार अझै बेपत्ता
-
जनकपुरका राजगुठीअन्तर्गतका पोखरी अतिक्रमण हटाउने दोस्रो चरणको प्रक्रिया शुरु, ७ दिने सार्वजनिक सूचना जारी


प्रतिक्रिया