रहिनन् समाजसेवी तथा पूर्वसांसद श्रेष्ठ
काठमाडौं । पूर्वसांसद् एवं समाजसेवी मैयादेवी श्रेष्ठको निधन भएको छ । चितवनस्थित मेडिकल कलेजमा उपचाररत श्रेष्ठको आइतबार बिहान १ः१० बजे निधन भएको हो ।
श्रेष्ठ ९३ वर्षको थिइन् ।
स्वास्थ्य समस्या आएपछि केही दिनअघि श्रेष्ठलाई अस्पताल भर्ना गरिएको थियो । उनको स्वास्थ्य अवस्था सुधार्ने प्रयासमा चिकित्सक लागे पनि त्यो सफल हुन सकेन ।
श्रेष्ठको शवलाई श्रद्धाञ्जलीका लागि अहिले बिहान ९ः३० बजेदेखि १० बजेसम्म नेपाली कांग्रेसको चितवनस्थित पार्टी कार्यालय र १० बजेपछि उनी आफैंले स्थापना गरेको मैयादेवी कलेजमा राखिने उनका धर्मछोरा टंकराज न्यौपानेले बताए । अन्तिम श्रद्धाञ्ज्लीपछि आजै देवघाटमा उनको अन्तिम दाहसंस्कार गरिनेछ ।
अविवाहित श्रेष्ठ दानवीर महिलाका रूपमा चिनिन्थिन् । उनले जीवनभर धर्मछोरा तथा विभिन्न सामाजिक तथा राजनीतिक क्षेत्रका संघसंस्थालाई आार्थिक सहयोग गर्नुका साथै जग्गा दान गरिन् ।
उनी नेपाली कांग्रेसको तर्फबाट राजनीतिमा पनि सक्रिय थिइन् । ०४८ सालमा गोरखा क्षेत्र नं. २ बाट सांसद बनेकी उनी ०५६ मा राष्ट्रिय सभा सदस्यमा मनोनीत भइन् । ०६२–०६३ को जनआन्दोलनपछि पुनर्स्थापित संसदमा पनि उनी सांसद थिइन् ।
ताजा अपडेट
-
स्वास्थ्य र शिक्षामा लगाइएको तीन प्रतिशत कर लागू गर्ने निर्णयबाट पछि हट्यो सरकार
-
प्रस्तावित प्रमुख निर्वाचन आयुक्त र आयुक्तहरूको संसदीय सुनुवाइ साउन १२ र १३ गते हुने
-
जनकपुर तनावबारे हर्क साम्पाङको खण्डन : ‘म पुगेकै छैन, भ्रम फैलाइयो’
-
भारतको सिक्किममा भएको सुरुङ दुर्घटनामा नौ मजदुरको मृत्यु, १५ जना अझै बेपत्ता
-
श्रम संस्कृति पार्टीका कार्यकर्ता जानकी मन्दिर परिसरभित्र प्रवेश गर्न खोज्दा लखेटिए


प्रतिक्रिया